आईभेरिफाइ के हो? यसमार्फत् एप्पल डिभाइसलाई कसरी सुरक्षित राख्ने?

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

आईभेरिफाइ के हो? यसमार्फत् एप्पल डिभाइसलाई कसरी सुरक्षित राख्ने?

सुरक्षासम्बन्धी कामको सबैभन्दा ठूलो हिस्सा भनेको यूजरहरुलाई यसको महत्व तथा हाम्रा सानासाना गल्तीहरुबाट ह्याकरहरुले हामीलाई कतिसम्म हानी पुर्याउन सक्छन् भन्ने बुझाउनु हो।

आईभेरिफाइले पनि यूजरहरुलाई सुरक्षाको महत्व तथा हाम्रा सानासाना गल्तीहरुबाट ह्याकरहरुले हामीलाई कतिसम्म हानी पुर्याउन सक्छन् भन्ने बुझाउने काम गर्छ।

आईभेरिफाइ एउटा सेक्युरिटी स्क्यानर हो जसले यूजरले फेस आईडी, टचआईडी तथा स्क्रीनलक जस्ता आईओएसका आधुनिक संस्करणमा रहेका आधारभूत सेक्युरिटी फिचरको प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने विश्लेषण गर्दछ।

यसबाहेक यसले एउटा डिभाइस स्क्यानर चलाएर सुरक्षा अवस्थाका बारेमा जाँचबुझ गरी केही समस्या देखिएमा यूजरलाई खबर गर्छ।

सामान्यतया आईफोन ह्याक भएको थाहा हुँदैन। त्यसैले सुरक्षासम्बन्धी भरपर्दो आईभेरिफाइजस्तो टूल इन्स्टल गर्नुले यूजरलाई यसबारेमा सचेत राख्न मद्दत गर्छ।

आईभेरिफाइमा रहेका गाइडहरुले आईओएसमा रहेका थुप्रै सेक्युरिटी फिचरहरुलाई अनुगमन गरी तिनीहरुमार्फत् आफ्नो एप्पल डिभाइसलाई सुरक्षित राख्न कसरी प्रयोग गर्नुहुन्छ भन्नेमा केन्द्रित रहन्छन्।

यसबाहेक यिनीहरुले एप्पल फेसबुक गुगल इन्स्टाग्रान तथा ट्विटरजस्ता एकाउन्टहरुलाई ह्याकरहरुबाट जोगाउन बेलाबेला रिबुट गर्ने प्रणाली अपनाउँछ। आईभेरिफाइ बेलाबेलामा अपडेट भएर जानकारीहरुलाई अद्यावधिक राख्न मद्दत गर्छ।

यो एप आईओएस र आईप्याडओएस १३ तथा त्यसपछिका संस्करणमा चल्छ भने यसले आईफोन आईप्याड तथा आईपड टचमा काम गर्छ।

TK Viber

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

Loading...