एप्पल भन्छ: ट्रम्पको न्याय विभागले डेमोक्र्याटको डाटा मागेको थाहा भएन

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

एप्पल भन्छ: ट्रम्पको न्याय विभागले डेमोक्र्याटको डाटा मागेको थाहा भएन

एप्पलले शुक्रबार आफूले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको न्याय विभागले डेमोक्र्याटिक सभासदहरुको मेटाडाटा मागेको थाहा नभएको बताएको छ।  

कम्पनीले न्याय विभागले गरेको भनेको आग्रहले प्रत्येक प्रविधि कम्पनीहरुलाई ग्राहकको व्यक्तिगत डाटा र कानुन पालनाको दोसाँधमा पार्ने गरेको बताएको छ।

सामान्यतया एप्पलजस्ता कम्पनीले यस्ता आग्रहलाई चुनोती दिने गरेको भए पनि यो मुद्दामा बृहत् इजलास र संघीय न्यायाधीशले उक्त घटनाबारे चुप लाग्न एप्पललाई आग्रह गरेको बुझिएको छ।  

त्यतिबेला उक्त विभागले हाउस इन्टेलिजेन्स डिस्ट्रिक्ट क्यालिफोर्नियाका अध्यक्ष एडम शिफ, तथा डिस्ट्रिक्ट क्यालिफोर्नियाकै सदस्य एरिक स्वालवेलको विवरण खोजेको बुझिएको छ।

एप्पलले संघीय न्यायिक समितिबाट सन् २०१८ मा यसबारेमा बोलावट पाएको र उसले थुप्रै इमेल एड्रेस र फोन नम्बरका बारेमा रहेको बताएको छ।

संघीय म्याजिस्ट्रेट न्यायाधीशले हस्ताक्षर गरेको गोपनीयता आदेश पाएकाले कम्पनीले कसकसको विवरण मगाइएको भन्ने थाहा नपाएको जनाएको छ। गत मे ५ मा यो आदेश बदर भएकाले कम्पनीले प्रभावित यूजरहरुका बारेमा खुलासा गरेको थियो।

एप्पलका प्रवक्ता फ्रेड सेन्जले एक विज्ञप्तिमार्फत् कम्पनीले न्याय विभागको उक्त आग्रह वा खोजाइबाट को को प्रभावित भए भन्ने कुरा थाहा नपाएको र थाहा पाउन नसक्ने पनि प्रस्ट पारेको छ।

TK Viber

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

Loading...