सामसङ ग्यालेक्सी एस२२, एस२२+ र एस२२ अल्ट्राको डिस्प्ले विवरण लीक

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

सामसङ ग्यालेक्सी एस२२, एस२२+ र एस२२ अल्ट्राको डिस्प्ले विवरण लीक

काठमाडौं ।

सामसङले गएको जनवरीमा ग्यालेक्सी एस२१ सार्वजनिक गरेको थियो। ग्यालेक्सी एस२१ आएको ५ महिनामात्रै हुँदा ग्यालेक्सी एस२२ का बारेका इन्टरनेटमा झलक र विवरणहरुका चर्चा चल्न थालेका छन्।

विभिन्न स्रोतहरुका अनुसार अब आउँदै गरेको ग्यालेक्सी एस सिरिजका स्मार्टफोनमा हालको भन्दा केही सानो साइजको डिस्प्ले रहने बुझिएको छ।

नयाँ आएका जानकारी अनुसार ग्यालेक्सी एस२२ मा ६.०६ देखि ६.१ इन्च, ग्यालेक्सीमा एस२२+ ६.५५ देखि ६.६६ इन्च तथा ग्यालेक्सी एस२२ अल्ट्रामा भने ६.८० देखि ६.८१ इन्चको डिस्प्ले रहनेछन्।

यो सूची अनुसार ग्यालेक्सी एस२२ सिरिजमा पहिलेका भर्सनभन्दा केही कम साइजको डिस्प्ले रहने प्रस्ट छ। तुलना गर्दा ग्यालेक्सी एस२१ र एस२१+ मा क्रमश: ६.२ र ६.७ इन्चको डिस्प्ले राखिएको छ।

ग्यालेक्सी एस२२ अल्ट्रामा यसअघिको एस२१ अल्ट्राको जस्तै ६.८ इन्चको डिस्प्ले रहनेछ। यसबाहेक यसमा एस२१ जस्तै सिरिजभरिमा एउटै डिभाइसमा मात्रै एलटीपीओ डिस्प्ले रहने बुझिएको छ।

तर हालसम्म डिस्प्लेको रेजोल्युशनका बारेमा भने कुनै विवरण खुलाइएको छैन। अल्ट्रा भेरियन्टमा डब्लूक्यूएचडी+ तथा प्लस तथा भ्यानिला मोडलमा भने अहिले झैं फुलएचडी+ रेजोल्युशन रहनसक्ने आकलन गरिएको छ।

Global Bank
easy care

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

ताजा समाचार