सामसङ ग्यालेक्सी जेड फोल्ड३, फ्लिप३ र वाच४ सार्वजनिक हुने मिति तय

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

सामसङ ग्यालेक्सी जेड फोल्ड३, फ्लिप३ र वाच४ सार्वजनिक हुने मिति तय

काठमाडौं ।

अघिल्लो हप्ताबाट व्यापक उत्पादनमा गएको भनिएको सामसङको ग्यालेक्सी जेड फोल्ड३ जुलाइमै सार्वजनिक हुने चर्चा चलेको थियो।

तर हालै प्रकाशित एक रिपोर्टले उक्त डिभाइस आगामी अगस्ट २७ मा ग्यालेक्सी जेड फ्लिप३ सँगै सार्वजनिक हुने खुलासा गरेको छ।

प्रविधिसम्बन्धी विभिन्न विवरणहरु बाहिर ल्याउने टिपस्टर जन प्रोस्सरका अनुसार सामसङका जेड फोल्ड र फ्लिपभन्दा अघि अगस्ट ११ मा कम्पनीको वाच४ र वाच४ एक्टिभ सार्वजनिक हुनेछन्।

प्रोस्सरका अनुसार यी मिति घोषणाको नभइ सामसङले यी डिभाइसहरु बिक्री गर्न थाल्ने मिति हुन्। यसबारेमा सामसङका तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएको भने छैन।

यसैबीच एन्ड्रोइड पुलिसका म्याक्स वेनब्याचले एउटा घुमाउरो पाराको ट्वीट गर्दै सामसङले यी उत्पादनहरु आगामी अगस्ट ३ तारिखका दिन सार्वजनिक गर्ने जानकारी दिएका छन्।

गएको मार्चमा भरपर्दा टिपस्टर आइस युनिभर्सले ग्यालेक्सी वाच४ तथा वाच एक्टिभ४ यस वर्षको दोस्रो त्रैमास अर्थाति अप्रिलदेखि जुनका बीचमा आउने बताएका थिए। तर नयाँ खुलासा अनुसार यो सम्भव नहुने देखिएको छ।

Global Bank
easy care

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

ताजा समाचार