ठूला प्रविधि कम्पनीहरुलाई लक्षित गर्दै अमेरिकी संसदमा ५ विधेयक प्रस्तुत

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

ठूला प्रविधि कम्पनीहरुलाई लक्षित गर्दै अमेरिकी संसदमा ५ विधेयक प्रस्तुत

अमेरिकी सांसदहरूले बिग टेक कम्पनीहरुको शक्ति सीमित गर्ने उद्देश्यले पाँचवटा विधेयकहरु अमेरिकी संसदमा पेश गरेका छन।

सो विधेयकहरू १६ महिनासम्म अमेजन, एप्पल, गुगल र फेसबुकको शक्तिमा अनुसन्धान गरिएपछि तयार पारिएको थियो।

तिनीहरूले डाटा, मर्जर, र यी कम्पनीहरूको प्रतिस्पर्धी व्यवहार सहितका विषयहरूलाई सम्बोधन गर्छन् । जसले अन्ततः उनीहरूलाई केही सम्पत्ति बेच्न बाध्य तुल्याउन सक्ने बीबीसीले रिपोर्ट गरेको छ।

विधेयकको मस्यौदा तयार पारेको समितिले रिपब्लिकन र डेमोक्र्याटिक दुबै पार्टीका सांसदहरुलाई समेट्छ। तर अहिले, यो विद्येयकहरू स्वीकार गर्न र कानूनीरुप लिनको लागि लामो समय लिन सक्दछ।

किनकी तर बिग टेकलाई लक्षित गर्ने विद्येयकहरूको लागि सर्वसम्मति समर्थन भएको छैन।

युएस चेम्बर अफ कमर्सका नील ब्राडलीले एक विज्ञप्तिमा भने, ‘विधेयकले व्यवसाय अभ्यासमा ध्यान केन्द्रित गर्नुको सट्टा खास व्यवसायलाई लक्षित गर्नुले राब नीति भएको छ र यसलाई असंवैधानिक ठहराउन सकिन्छ।’

बिलहरू हाउस फ्लोरमा पठाउनु अघि हाउस न्यायपालिका समितिमा पठाइनेछ। कानून बन्नको लागि उनीहरूले प्रतिनिधिसभा, सिनेटबाट पार गर्नुपर्नेछ र अन्त्यमा राष्ट्रपति जो बिडेनले हस्ताक्षर गर्नुपर्नेछ।

द अमेरिकी च्वाइस एण्ड इन्नोभेसन अनलाइन एक्ट, द प्लेटफर्म एण्ड अपर्च्यूनिटी एक्ट अफ २०२१, द इण्डिङ्ग प्लेटफर्म मोनोपोलाइज एक्ट, द अग्मेन्टिङ्ग कम्प्याटिबिलिटी एण्ड कम्पिटिसन बाई इनेब्लिङ्ग सर्भिस स्वीचिङ्ग (एसीसीईईएसएस) एक्ट अफ २०२१ र द मर्जर फाइलिङ्ग फी मर्डनाइजेसन एक्ट अफ २०२१ रहेका छन् ।

TK Viber

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

Loading...