सामसङ ग्यालेक्सी ट्याब ए७ सँगै भारतमा ग्यालेक्सी ट्याब एफई पनि सार्वजनिक हुने

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

सामसङ ग्यालेक्सी ट्याब ए७ सँगै भारतमा ग्यालेक्सी ट्याब एफई पनि सार्वजनिक हुने

यसै हप्ताको शुरुवातमा अमेजन इन्डियामा ग्यालेक्सी ट्याब ए७ लाइट भारतमा आउँदै गरेको झलक देखिएको थियो। शनिबार कम्पनीले यो ट्याब आगामी जुन २३ मा भारतमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

ग्यालेक्सी ट्याब एस७ एफई फाइभजीको झलक पनि उक्त साइटमा राखिएको थियो। यसबाट ट्याब ए७ लाइटका साथमा उक्त दिन ग्यालेक्सी ट्याब फ्यान एडिशन पनि सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ।

अमेजन इन्डियाको माइक्रो साइटमा ग्यालेक्सी ट्याब एस७ एफईकव फिचर तथा स्पेसिफिकेशन जानकारीका लागि उपलब्ध गराइएको छ। यो ट्याब्लेट गत हप्ता यूरोपमा वाइ फाइ वन्ली, फोरजी एलटीई तथा फाइभजी गरी तीन भेरियन्ट सार्वजनिक गरिएको थियो।

ग्यालेक्सी ट्याब ए७ लाइटको मूल्य २०९ डल तोकिएको छ भने ट्याब एस७ एफईको भने ७५१ डलर तय गरिएको छ।

ट्याब एस७ एफईमा १२ इन्चको १६००x२३६० पिक्सेलको टीएफटी प्यानल डिस्प्ले दिइएको ५ भने यसमा एन्ड्रोइड ११ मा आधारित यूआई ३.१ प्रयोग गरिएको छ। यसबाहेक यसको खुद्रा प्याकेजमा एस पेन स्टाइलस पनि राखिएको छ।

TK Viber

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

Loading...