आउँदै गरेको आईप्याड मिनी आईप्याड एयरको सानो भर्सन हुने

Technology Khabar ३० जेष्ठ २०७८, आईतवार

आउँदै गरेको आईप्याड मिनी आईप्याड एयरको सानो भर्सन हुने

एप्पलले ल्याउँदै गरेको आईप्याड मिनी आईप्याड एयरको सानो भर्सन हुने बुझिएको छ।

सार्वजनिक भएको समयका हिसाबले आईप्याड मिनी आईप्याड एयर तथा आईप्याड प्रो भन्दा पुरानो भएकाले कम्पनीले आउने आईयाड मिनीलाई आईप्याड एयरको डिजाइनमा ल्याउने बुझिएको हो।

उक्त डिभाइस झट्ट हेर्दा र धेरै प्रकारबाट आईप्याड जस्तै हुनेछ। अझ भन्नुपर्दा यसलाई आईप्याड एयरको खुम्चिएको भर्सन भन्न सकिन्छ।

तुलना गरेर हेर्दा यो डिभाइसमा पुरानो भर्सनमा रहेको होम बटन हटाइएको छ भने बेजलहरु पनि साँघसरा भएका छन्। नयाँ आईप्याड मिनी र पुरानो आईप्याड मिनीको साइज उत्रै छ।

यसका साइडरहरु आईप्याड एयरमा झैं चोडा छन् भने पावर बटनमा फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ। यसका स्पीकरहरुमा पनि उल्लेख्य सुधार गरिएको छ।

नयाँ भर्सनमा लाइटनिङ कनेक्टर हटाएर यूएसबी-सी पोर्ट दिइएको छ। स्रोतका अनुसार यो डिभाइस सिल्भर कालो तथा सुनोलो रंगमा उपलब्ध गराइनेछ।

यसले नयाँ तथा सानो एप्पल पेन्सिल सपोर्ट गर्छ भने यसलाई पावर दिनका लागि ए१४ चिपसेट राखिएको छ। यसको फाइभजी भर्सन पनि आउने र यसका लागि यो वर्षको अन्त्यसम्म कुर्नुपर्ने बताइएको छ।

TK Viber

प्रकाशित: ३० जेष्ठ २०७८, आईतवार

Loading...