अनर ५०, ५० प्रो र ५० एसईको पूरा विवरण तथा फोटो लीक, के के हुनेछन् विशेषता?

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

अनर ५०, ५० प्रो र ५० एसईको पूरा विवरण तथा फोटो लीक, के के हुनेछन् विशेषता?

आगामी जुलाइ १६ मा अनरले आफ्नो ५० सिरिजका स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ।

यो सिरिज गत वर्ष ह्वावेबाट अलग भएपछिको कम्पनीको पहिलो हाइ-इन्ड स्मार्टफोनको सिरिज हो। यसैबीच यो सिरिजका तीन ओटै फोनका विवरण र तस्बिर बाहिर आएका छन्।

अनर ५० एसई

यीमध्ये अनर ५० एसई यो सिरिजको इन्ट्री लेभल फोन हुनेछ जसमा ६.७८ इन्चको फुलएचडी+ एलसीडी डिस्प्लेका साथमा मिडियाटेकको डाइमेन्सिटी ९०० चिपसेट र १०० मेगापिक्सेलको मुख्य क्यामरासहितको ट्रिपल क्यामरा सेटअप रहनेछ।

यसबाहेक ६६ वाट फास्ट चार्जिङ सपोर्टसहितको ४००० एमएएच ब्याट्री दिइएको छ।

अनर ५०

अनर ५० मा भने ६.५७ इन्चको फुल एचडी+  ओएलईडी डिस्प्ले, स्न्यापड्रागन ७७८जी चिपसेट, १०८ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप रहनेछ।

अनर ५० प्रो

यसमा ठूलो ६.७२ इन्चको फुलएचडी+ ओएलईडी स्क्रीन र १२ मेगापिक्सेलको सेल्फी क्यामराबाहेक बाँकी सबै स्पेसिफिकेशन अनर ५० को जस्तै छ।

यसमा १०० वाटको फास्ट चार्जिङ सपोर्टसहितको ४००० एमएएचको ब्याट्री दिइएको छ भने यसले २५ मिनेटमा यो डिभाइसलाई शून्यबाट फुल चार्जसम्म पुर्याउन सक्ने कम्पनीको दावी छ।

TK Viber

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

Loading...