फक्सवागनका ३० लाख भन्दा धेरै ग्राहकहरुका डाटा चोरी, संवेदनशिल जानकारी बाहिरियो

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

फक्सवागनका ३० लाख भन्दा धेरै ग्राहकहरुका डाटा चोरी, संवेदनशिल जानकारी बाहिरियो

काठमाडौं ।

फक्सवागनको लक्जरी ब्रान्ड, फक्सवागन र अडीका ग्राहकहरुको डाटा चोरी भएको छ । सो डाटा उल्लंघनको सिकारमा ग्राहकहरुको सम्पर्क जानकारीहरु समेत बाहिरिएको छ भने केहि केसहरुमा संयुक्त राज्य अमेरिका र क्यानडाका ग्राहकहरुको ड्राइभर इजाजतपत्र नम्बर जस्ता व्यक्तिगत विवरणहरु समेत लीक भएको सीएनएनले जनाएको छ ।

३० लाख भन्दा बढी ग्राहक वा गाडी खरिदकर्ताहरुका कम्तिमा आधारभूत सम्पर्क जानकारी अटो निर्माणकर्तासँग काम गर्ने बाह्य कम्पनीबाट चोरी भएको फक्सवागनले बताएको छ । त्यो डाटामा फोन नम्बरहरू, ईमेल ठेगानाहरू, हुलाक मेलिङ्ग ठेगानाहरू र केही केसहरूमा सवारी पहिचान नम्बरहरू समावेश थिए ।

कम्पनी अमेरिकामा ९० हजार मानिसहरुमा पुगिसकेको छ र धेरै जसो अडी ग्राहकहरु वा खरिदकर्ताहरु छन् । जसको सो डाटा उल्लंघनमा विशेषरुपमा संवेदनशील जानकारी लिइएको थियो । धेरै जसो केसहरूमा ड्राईभरका इजाजतपत्र नम्बरहरू र थोरै संख्यामा सामाजिक सुरक्षा नम्बरहरू, फक्सवागन वा अडी खाता नम्बरहरू र जन्म मितिहरू समावेश गर्दछन् । कम्पनीले उनीहरूलाई निःशुल्क क्रेडिट संरक्षण प्रदान गरिरहेको छ जसबाट धेरै संवेदनशील जानकारीहरु ब्रीच भएका थिए ।

यसमा ती ग्राहकहरुको तथ्यांक पनि रहेको छ जसले अडी वा फक्सवागन किन्ने बारेमा सोधखोज गरेका थिए । फक्सवागनकाअनुसार सन् २०१४ र २०१९ बीचमा कम्पनी र त्यसका डिलरहरुमा रहेका डाटाहरु चोरी भएका हुन् ।

easy care

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार