शाओमीले यूडब्लूबी र अन्डर डिस्प्ले क्यामरा सहितको फ्ल्यागशिप स्मार्टफोन ल्याउने

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

शाओमीले यूडब्लूबी र अन्डर डिस्प्ले क्यामरा सहितको फ्ल्यागशिप स्मार्टफोन ल्याउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एमआई ११ अल्ट्राजस्तै अर्को फ्ल्यागशिप स्मार्टफोन ल्याउने बताएका छन्। डिजिटल च्याट स्टेशनले हालै सामाजिक सञ्जाल वेबोमा एक पोस्टमार्फत् उक्त जानकारी दिएका हुन्।

वेबोमा आएको उक्त पोस्टअनुसार आउँदै गरेको नयाँ फ्ल्यागशिप फोनमा अल्ट्रा वाइड ब्याण्ड यूडब्लूबी ट्र्याकिङ प्रविधि र अन्डर डिस्प्ले सेल्फी क्यामरा आकर्षणका केन्द्र हुनेछन्।

एप्पल र सामसङले यसअघि नै ग्यालेक्सी एस२१ र आईफोन १२ मा ट्र्याकिङका लागि यूडब्लूबी प्रयोग गरिसकेका छन्। शाओमीले पनि यूडब्लूबी ट्र्याकिङमा आधारित एसेसरिज निर्माण गर्ने योजनामा रहेको आकलन गर्न सकिन्छ।

शाओमीको फ्ल्यागशिप फोनमा एमआई ११ को जस्तै क्यामरा सेट अप हुनसक्ने अपेक्षा गरिएको छ। यसबाहेक उक्त डिभाइसले १२० वाटको वायर्ड तथा ७० वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेछ।

फोन एरिनामा आएको एउटा रिपोर्टले आउने भनिएको डिभाइस एमआई ११ अल्ट्राको सिरिजमा नभइ एमआई १०टी सिरिजको हुनसक्ने पनि आकलन गरिएको छ।

easy care

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार