ह्वावे टेक्नोलोजीले सन् २०२५ सम्ममा अटोनोमस भेहिकल बजारमा ल्याउने

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

ह्वावे टेक्नोलोजीले सन् २०२५ सम्ममा अटोनोमस भेहिकल बजारमा ल्याउने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजीले पछिल्लो समयमा अटो क्षेत्रतर्फ ध्यान केन्द्रित गरिरहेको छ। कम्पनीले सन् २०२५ को शुरुवातसँगै चालकबिनाको सार्वजनिक गाडी उत्पादन एवम् बिक्री थाल्ने योजना बनाएको छ।

संसारको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता कम्पनीको योजना भनेको संसारको विभिन्न सडकमा चालकबिनाको कार अर्थात अटोनोमस भेहिकल कुदाउनु भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

हालसालै ह्वावेले चोङ्किङ्ग चाङ्गान अटोमोबाइल कम्पनी लिमिटेडसँग आफ्नो सम्झौता विस्तार गरेको छ। यो अटोमोबाइल कम्पनीले ह्वावेलाई डिजाइन र उत्पादनमा सघाउनेछ। रिपोर्ट अनुसार ह्वावेले पछिल्लो केही समयदेखि विद्युतीय उत्पादनको विषयमा अन्य दुई चिनियाँ अटोमोबाइल कम्पनीसँग पनि छलफल गरिरहेको थियो।

‘हाम्रो टोलीको लक्ष्य २०२५ मा सँच्चिकै चालकविहीन यात्रु कारहरूमा पुग्नु हो,’ ह्वावेको स्मार्ट गाडी इकाईका वरिष्ठ कार्यकारी वाङ्ग जुनले एक उद्योग सम्मेलनलाई भने।

हाल दर्जनौं स्टार्टअपहरू, अटोमेकरहरू र ठूला टेक्नोलोजी फर्महरू जस्तै इन्टरनेट सर्च लीडर बैदु इंकले स्वचालित ड्राइभिङ्ग सिस्टममा कामको गति बढाइरहेको छ जसले यातायात उद्योगमा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

ह्वावे मुख्यतयाः स्मार्टफोन उत्पादन र बिक्रीको लागि परिचित रहेको थियो। तर अमेरिकी प्रतिबन्धपछि कम्पनीले स्मार्टफोन व्यवसाय भन्दा बाहिर ध्यान केन्द्रित गरेर इलेक्ट्रिक भेहिकल र अटोनोमस भेहिकल क्षेत्रमा लागिरहेको छ ।

केहि समयअघि कम्पनीले आफ्ना शोरुमहरुबाटै स्मार्ट कार बेच्ने योजना लिएको रिपोर्ट आएको थियो ।

Global Bank
easy care

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार