सामसङको मोबाइल इकोसिस्टममा देखा परे दर्जनाैं जोखिम

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

सामसङको मोबाइल इकोसिस्टममा देखा परे दर्जनाैं जोखिम

काठमाडौं ।

सामसङ हाल आफ्ना मोबाइलमा रहेका त्यस्ता सयों सुरक्षा जोखिमलाई हटाउने काममा लागेको छ जसले ह्याकरहरुलाई स्मार्टफोन यूजरहरुको निगरानी गर्ने र मोबाइल डिभाइस नै पनि नियन्त्रणमा लिन मद्दत पुर्याउँछ।

ओभरसेक्युर्ड का संस्थापक सेर्गेइ तोशिनले ती डिभाइसहरुमा रहेका सुरक्षा जोखिमहरु पत्ता लगाएका थिए। उनका अनुसार विभिन्न तहका एक दर्जनभन्दा बढी यस प्रकारका सुरक्षा जोखिम भेटिएका हुन्।

भेटिएका यस्ता जोखिममध्ये कसैले एसएमएसमा समस्या गर्ने तथा अरु केही अति सूक्ष्म किसिमका र यूजरले त्यसलाई समाधान गर्न नसक्ने खालका जोखिमहरु छन्। तर तिनै जोखिमका माध्यमबाट ह्याकरहरुले ती डिभाइसमा रहेका सबै खालका डाटामा पहुँच तथा राख्न नियन्त्रण राख्न सक्छन्।

यी डिभाइसहरुमा भेटिएका जोखिमका तह तथा यी सबैलाई समाधान गर्न सामसङलाई लगभग दुई महिनाको समय लाग्ने भएकाले सफ्टवयरमा रहेका समस्याका विवरण खुलाइएको छैन।

यसबाहेक कुन अपरेटिङ सिस्टम र कुन कुन डिभाइस बढी जोखिममा छन् भन्ने पनि जानकारी दिइएको छैन।

रिपोर्टहरुका अनुसार यीमध्ये केही जोखिम डिभाइसमै इन बिल्ट हिसाबले आउने एप्लिकेशनमा देखिएका छन्। अरु केहीमा भने तेस्रो पक्षका एपले एडमिन राइट पाउने र यसैका आधारमा उसले बाँकी सबै प्रोग्राम हटाइदिने पनि पाइएको छ।

सामान्य हिसाबले यूजरहरुले आफ्ना डिभाइसमा फर्मवयर अपडेट गर्नुपर्ने हुन्छ। उनीहरुले आफ्नो डिभाइसको सेटिङमै नयाँ फर्मवयर उपलब्ध भए नभएको हेर्न सक्छन्।

easy care

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

ताजा समाचार