वनप्लसद्वारा भारतमा वनप्लस टीभी यू१एस सार्वजनिक

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

वनप्लसद्वारा भारतमा वनप्लस टीभी यू१एस सार्वजनिक
NTC_Advt

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले हालै भारतमा कम्पनीको टीभी लाइनअपको अत्याधुनिक संस्करण वनप्लस टीभी यू१एस सार्वजनिक गरेको छ।

वनप्लस टीभी यू१एस एउटा एलईडी एलसीडी टेलिभिजन हो जुन ५० ५५ तथा ६५ इन्चमा उपलब्ध छ। यी सबैमा ३८४०x२१६य पिक्सेलको यूएचडी रेजोल्युशन रहेको छ।

प्यानलमा १० बिट कलर डेप्थ रहेको छ भने यसले डीसीआई कलर स्पेशको ९३ प्रतिशत भाग कभर गर्छ। यसले एचडीआर१०, एचडीआर१०+ तथा एचएलजी सपोर्ट गर्छ तर यसमा डल्बी भिजन भने छैन।

यू१एसमा ३० वाट एम्प्लिफिकेशन र डाइनअडियोयुक्त स्टेरियो स्पीकर राखिएको छ भने यसले डल्बी अडियो सपोर्ट गर्छ।

एन्ड्रोइड टीभी १० प्लेटफर्ममा चल्ने यो टीभीमा बिल्ट-इन नेटफ्लिक्स, प्राइम भिडियो तथा स्पोटीफाइ दिइएको छ। यसबाहेक गुगल असिस्टेन्ट क्रोमकास्ट मिराकास्ट डीएलएनए र मल्टिकास्ट पनि उपलब्ध छन्।

यसमा १६ जीबीको आन्तरकि स्टोरेज तथा २ जीबी र्याम दिइएको छ।

कनेक्टिभिटीका लागि तीन ओटा एचडीएमआई २.१, एउटा अडियो आउटपुट एनालग टीभी इनपुट इथरनेट डुअल ब्याण्ड वाइ फाइ ८०२.११एन तथा दुई ओटा यूएसबी पोर्ट रहेका छन्।

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार