राष्ट्रिय साइबर सुरक्षा नीति नियमनमुखी भएको सरोकारबालाहरुको भनाई, यस्तो छ बुँदागत सुझाबहरु

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

राष्ट्रिय साइबर सुरक्षा नीति नियमनमुखी भएको सरोकारबालाहरुको भनाई, यस्तो छ बुँदागत सुझाबहरु
Classic Tech

राष्ट्रिय साइबर सुरक्षा नीति,२०७८ मस्यौदाको बारेमा सूचना प्रविधि र डिजिटल मिडियाको क्षेत्रमा वकालत गर्दै आएका ९ संस्थाहरुले आफ्नोतर्फबाट सुझाब पेश गरेका छन् ।

संस्थाहरुले संयुक्तरुपमा पेश गरेको सुझाबमा मस्यौदालाई स्वागत गर्दै यसले आगामी दिनमा नेपालको साइबर सुरक्षा र साइबर स्पेस निर्माण गर्ने अपेक्षा गरिएको छ ।

नीतिले मानव अधिकारको पक्षलाई आफ्नो सबल पक्ष नमानेको भन्दै सुझाबमा संवेदनशील पूर्वाधार र डिजिटल सम्पत्तिको सुरक्षा र अनलाईन सामग्रीलाई एकै डालोमा राखेर नियमनमुखी नीतिलाई प्रस्ताव गरिएको उल्लेख छ ।

त्यसैगरि साइबर सुरक्षा इन्टरनेट गर्भनेन्स इकोसिस्टमकै एक पाटो भएको भन्दै यससम्बन्धी नीति तथा कानून निर्माणमा पनि सबै सरोकारबालाहरुको उत्तिकै भुमिका हुने तर नीतिले सरकारी र केहि हदसम्म बाहेक अन्य सरोकारबालाहरुलाई समेट्न नसकेको उल्लेख छ ।

सुझाबमा साइबर सुरक्षा जस्तो विषयमा ३ वर्षको लक्ष्य लगाउने समय धेरै भएको भन्दै अहिलेको अवस्थामा सँधैजसो नयाँ चुनौति देखिएको र साइबर आक्रमणका घटना हुने हुँदा सो समयलाई घटाउन भनिएको छ ।

नयाँ नीतिमा स्वास्थ्य, परराष्ट्र, शिक्षा लगायतका नीतिहरुसँग तालमेल नदेखिएको भन्दै त्यसको लागि विज्ञ सम्बन्धित निकायहरुसहित सरोकारबालाहरु समेटिएको आपतकालीन सूचना केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु आवश्यक भएको सुझाब दिईएको छ ।

नेपाली सेनालाई समेत साइबर सुरक्षामा समेटिनुपर्ने भन्दै हालको साइबर सुरक्षा शाखालाई स्तरोन्नति गर्न भनिएको छ ।

यसका साथै सार्वजनिक क्लाउड र सूचना सुरक्षाको प्रावधानलाई समेत नीतिमा समेटिनुपर्ने भन्दै सिमान्तिकृत समुदायको सुरक्षाको बारेमा थप प्रस्ट पारिनुपर्ने जरुरी रहेको उल्लेख छ ।

हेर्नुस् ९ संस्थाहरुले दिएका बुँदागत सुझाबहरु बिस्तृतमा-

Review of National Cybersecurity Policy 2078 - Google Docs
TK Viber

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

Loading...