माइडियाद्वारा हार्मोनीओएसयुक्त ७ समूहका १२ ओटा होम अप्लायन्स सार्वजनिक

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

माइडियाद्वारा हार्मोनीओएसयुक्त ७ समूहका १२ ओटा होम अप्लायन्स सार्वजनिक

यसै हप्ता चिनियाँ होम एप्लायन्स कम्पनी माइडियाले ह्वावेको हार्मोनीओएस मार्फत चल्ने केही उत्पादनहरुको घोषणा गरेको छ।

उक्त समूहले हार्मोनीओएसयुक्त ७ विभिन्न समूहका १२ नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो।

यो खबर माइडियाका मुख्य कार्यकारीले अब आउने आफ्ना अधिकांश उत्पादनहरुमा स्मार्टफोन ब्रान्डका अपरेटिङ सिस्टम रहने बताएको केही दिनमा आएको हो।

उनले कम्पनीले २०२० मा चीनमा होङमेङओएस भनिने ह्वावेको हार्मोनीओएसका लागि छलफल भइरहेको पनि बताए।

हालै माइडियाले हार्मोनीओएस सपोर्ट गर्ने विश्वकै पहिलो स्मार्ट रेफ्रिजेरेटर सार्वजनिक गरेको थियो। हार्मोनीओएस मल्ट डिभाइस सपोर्ट तथा क्रस प्लेटफर्म इन्टिग्रेशन फिचरसहित आएकाले होम एप्लाएन्समा पनि प्रयोग गर्न सहज भएको बुझिएको छ।

यसको मतलब यो इकोसिस्टम एउटा घरमा थुप्रै आईओटी उत्पादनहरु एक आपसमा कनेक्ट हुने र यूजरले परबाट स्मार्टफोन वा स्मार्टहबमार्फत कन्ट्रोल गर्न सक्ने हिसाबले बनाइएको छ। कम्पनीले हार्मोनीओएसयुक्त डिह्युमिडिफायर, रेफ्रिजेरेटरलगायतका नयाँ उत्पादन ल्याएको र भविष्यमा उत्पादनहरुको दायरा बढाउँदै लैजाने बताएको छ।

TK Viber

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार

Loading...