पब्जी मोबाइलको साउथ एशिया च्याम्पियनशिप हुँदै, नेपाली टिमहरु समेत प्रतिस्पर्धामा

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

पब्जी मोबाइलको साउथ एशिया च्याम्पियनशिप हुँदै, नेपाली टिमहरु समेत प्रतिस्पर्धामा

काठमाडौं ।

नेपाली टिमसमेत सहभागी भएको पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ बिहीबारदेखि शुरू भएको छ । यहि आइतबारसम्म सञ्चालन हुने च्याम्पियनशिपमा नेपालसहित विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

१६ टिमले पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको टाइटल र पुरस्कार राशिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

लिक्विपेडिया डटनेटकाअनुसार यस प्रतिस्पर्धाको पुरस्कार राशि १ लाख ५० हजार अमेरिकी डलर अर्थात करिब १ करोड ७७ लाख रुपैयाँ भन्दा धेरै रहेको छ र यो पुरस्कारको राशि मोबाइल इ-स्पोर्टसको इतिहासमै उच्च भएको बताईएको छ ।

नेपालको तर्फबाट चर्चामा आईरहने डिआरएस गेमिङ्ग टिमले प्रतिस्पर्धा गरिरहेको छ भने १६ प्रतिस्पर्धी टिम मध्ये ७ वटा टिम नेपालका छन् । अन्य नेपाली टिमहरुमा सेभेन सी स्पोर्ट्स, डेडआइज गाइज, ट्रेन्ड टु किल, हाई भोल्टेज, पीएन क्रु र स्काई लाइट्ज गेमिङ रहेका छन् ।

प्रतियोगितामा बंगलादेश, मलेशिया, पाकिस्तान, मंगोलिया, ताइवान, हङकङका लगायतका टिमले पनि प्रतिस्पर्धा गर्नेछन् ।

पीएमपीएल साउथ एशिया च्याम्पिनशिपको लाइभ युट्युबमा हेर्न सकिनेछ ।

Global Bank
easy care

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

ताजा समाचार