फेसबुकका सबै कर्मचारीहरुले लामो समयसम्म रिमोट वर्क गर्नसक्ने

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

फेसबुकका सबै कर्मचारीहरुले लामो समयसम्म रिमोट वर्क गर्नसक्ने

काठमाडौं ।

कोभिड महामारी समाप्त भएपछि पनि सोसल मिडिया फेसबुकले कार्यालयमा नआई टाढबाटै काम गर्न सक्नेगरि सबै कामदारहरूलाई अनुमति दिने भएको छ ।

कम्पनीले कर्मचारीहरुलाई भनेको छ, ‘कुनै पनि मानिस जसको भूमिका टाढाबाटै गर्न सकिन्छ उसले रिमोट वर्कको अनुरोध गर्न सक्छ ।

अर्कोतर्फ प्रतिद्वन्द्वी ठूला टेक फर्महरू एप्पल र गुगलले हालसालै महामारीमा काम गर्ने अवस्थालाई उल्ट्याएका छन र स्टाफलाई आउँदो महिनाहरूमा अफिसमा फर्कन भनेका छन् ।

फेसबुकका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्गले सन् २०२२ को अर्ध वार्षिकसम्म रिमोट वर्क गर्ने योजना बनाएको स्टाफलाई भनेका छन् ।

उनले यसअघि पनि कम्पनीका करिब ६० हजार कर्मचारी मध्ये आधा कर्मचारीहरु एक दशक भित्र वर्क फ्रम होम गर्न सक्ने बताईसकेका छन् ।

फेसबुकका अफिसहरू पूर्ण क्षमताका लागि अक्टोबरमा खुला हुने अपेक्षा गरिएको छ, तर टाढाबाट काम गर्न अनुमति नभएका कर्मचारीहरूले कम्तिमा आधा समय कार्यालयमा आउनुपर्नेछ।

सो नीति फेसबुकका कर्मचारीहरुका लागि मात्र भएको र अन्य सब कन्ट्र्याक्ट गरेका कम्पनी र कर्मचारीहरुका लागि नभएको बताईएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार

ताजा समाचार