भर्चुअल माध्यमद्वारा बेलायतका लागि नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

भर्चुअल माध्यमद्वारा बेलायतका लागि नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतकी महारानी एलिजावेथ द्वितीयसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

लण्डनस्थित बकिङ्घम प्यालेसमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले भर्चुअल माध्यमद्धारा ओहोदाको प्रमाणपत्र बुझाएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कोभिड १९ को कारण प्रत्यक्ष भेटभाट बन्द गरिएकोले महारानीले विन्सर क्यासल दरबारबाट भर्चुअल माध्यममार्फत विभिन्न देशका राजदूत तथा हाइ कमिश्नरहरुको ओहोदाको प्रमाणपत्र बुझ्दै आएकी छिन् ।

ओहोदको प्रमाणपत्र बुझाउदै राजदूत रेग्मीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बेलायती महारानीको खुशी तथा सुस्वास्थ र बेलायती जनताको निरन्तर प्रगतिको शुभकामनासहितको सन्देश सुनाएका थिए ।

निर्वतमान मुख्यसचिवसमेत रहनु भएका रेग्मीले गत फागुन १७ गते बेलायतका लागि नेपालको २१औँ राजदूतको रुपमा पदभार ग्रहण गरेका थिए ।

easy care

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार