प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनद्धारा ललितपुर महानगरपालिकालाई फोग मिसन सहयोग

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनद्धारा ललितपुर महानगरपालिकालाई फोग मिसन सहयोग

काठमाडौं ।

ललितपुर महानगरपालिकाबाट संचालित दुई वटा आइसोलेन केन्द्रकोलागी फाउण्डेसनले दुईवडा अत्याधुनिक फोग मेसिन सहयोग गरेको हो ।

आज ललितपुर महानगरपालीकाको सभाहलमा आयोजना गरिएको एक कार्यक्रममा फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष इश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रुपमा मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्याललाई फोग मेसिन हस्तान्तरण गरिएको हो ।

फोग मेसिन हस्तान्तरण पछि आफ्नो भनाई राख्दै मेयर महर्जनले महामारीको यस कथिन समयमा महानगरको कार्यमा हस्तेमा हाईस्ते गरी हौसला बढाई दिएकोमा धन्यवाद ब्यक्त गर्दै अहिलेसम्म कोरोना महाकारीबाट महानगरमा ११९ जनाको मृत्यु भएको जानकारी दिए । उनले महानगरपालिकाले कारोनाबाट मृत्यु भएका, उपचारमा रहेका र आइसोलेसनमा रहेकाहरुलाई नगर सहयोग गर्ने घोषणा भइसकेको र यसकोलागी आवश्यक मापदण्डहरु तयारी गरि छिट्ट्रै कार्यान्वयन गर्ने बताए ।

कोरोना महामारीको समयमा अत्याधुनिक फोग मिसनको सहयोगले कोरोना रोकथाममा थप सहयोग हुनेछ । यो सामाग्री ललितपुर महानगरकाको सम्पत्तिको रुपमा दर्ता हुने र यसलाई तत्काल ललितपुर महानगरपालिबाट ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा संचालित आइसोलेन केन्दमा पठाईने बताए ।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष इश्वर बज्राचार्यले महामारीको बेला आइसोलेसन नपाएर मानिसले कष्ट भोग्नु परिरहेको स्थितिलाई मध्यनजर गरि महानगरपालीकाले आइसोलेसन कक्ष सञ्चालन गरि मानविय जीवन रक्षा गर्ने कार्य गरिरहेकोमा हाम्रो फाउण्डेनको तर्फबाट पनि अत्यावश्यक फोग मेसिन सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले भविश्यमा यस्ता मानवीय सेवाको कार्यमा संस्थाको सहयोग निरन्तर रही रहने बताए ।

त्यसैगरि सल्लाहकार शाक्यले कोरोनाको महामारीको यस कथिन समयमा कोरोनाको मुख्य कारक भाइरसलाई रोकथामकोलागी अति आवश्यक साइटाइज रहेकोले नेपालमा नै पहिलो पटक चाइनामा निर्मित अत्याधुनिक सेनिटाइज गर्ने फोग मेसिन महानगरपालीकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

उनले यो अत्याधुनिक फोग मेसिन केही समय पहिले ललितपुर महानगरपालिका १६ वडालाई पनि एक थान हस्तान्तरण गरिसकेको बताउँदै आगामी दिनहरुमा पनि यसरी नै हातेमालो गरि कार्य गरिरहने बताए ।

फोग मेसिनबारे जानकारी गराउँदै उपाध्यक्ष प्रविन बहादुर शाक्यले चीनको वुआन शहरमा पनि कोराना महामारीको समयमा यसै फोग मेसिनबाट सेनिटाईज गरिएको बताए ।

मेयर महर्जनले महानगरपालिकाबाट संचालित आइसोलेसनका चिकित्सक छबिन्द्र गैरेलाई सो सामाग्रीहरुको जिम्मेवारी दिएका थिए भने चिकित्सक छबिन्द्र गैरेले ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा संचालित आइसोलेन केन्दका संयोजकहरुलाई उक्त फोग मेसिन हस्तान्तरण गरेका थिए ।

easy care

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार