सञ्चार मन्त्री थापाको पहिलो निर्णय: साइबर सुरक्षा नीति-२०७८ अध्ययन गर्न कार्यदल गठन

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

सञ्चार मन्त्री थापाको पहिलो निर्णय: साइबर सुरक्षा नीति-२०७८ अध्ययन गर्न कार्यदल गठन

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति-२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णय गरेकी छन् ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री थापाले सञ्चार र सूचना प्रविधिको विकासविना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

एकार्कालाई सहयोग गर्दै कमजोरी सुधार गरेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो । उनले पूर्वसञ्चार मन्त्रीले बनाएका सही कार्ययोजनालाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

उनले सरकार र सरकारका योजना सफल बनाउँदै नेपाललाई नयाँ युगमा लैजानका लागि ‘डिजिटल नेपाल’ को आकाङ्क्षा लिइएको बताउँदै उनले भनिन्, ‘आजको सूचना, सञ्चार, प्रविधिको दुनियाँमा सञ्चार मन्त्रालय अतिसंवेदनशील मन्त्रालयभित्र पर्छ, यसले सम्पूर्ण राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी लिएको हुन्छ, जनता र सरकारको बीचको संवाद, सूचना आदानप्रदान, सूचना प्रवाह गर्ने र सुसूचित गर्न, जनचेतना प्रवाह गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।’

TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...