नवनियुक्त सञ्चार मन्त्रीद्धारा पद बहाली, जनतालाई हात हातमा सरकारी सेवा पुर्याउन आव्हान

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

नवनियुक्त सञ्चार मन्त्रीद्धारा पद बहाली, जनतालाई हात हातमा सरकारी सेवा पुर्याउन आव्हान

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनाकला थापाले आज बिहीबार मन्त्रालयमा पद बहाली गरेकी छिन्। मन्त्रालय एवं मन्त्रालय सम्बद्ध निकाय प्रमुखहरुको उपस्थितिमा पद बहाली तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो।

पदभार ग्रहण एवं स्वागत समारोहलाई सम्बोधन गर्दै नवनियुक्त मन्त्रीले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निभाउन सबैको सहयोग, सद्‍भाव, समन्वय र साझेदारी आवश्यक रहने विचार व्यक्त गरिन् । राज्यको चौथो अङ्गको रुपमा रहेको यस मन्त्रालयको गहन जिम्मेवारीमा एक अर्काको पुरक भई मन्त्रालय सम्बद्ध १८ वटा निकायहरुले तोकिएको जिम्मेवारी असल परम्परा, संस्कार र अभ्यासका आधारमा कार्यान्वयन गर्न जोड दिईन् ।

सञ्चार तथा सूचना प्रविधिको पहुँचबाट संसार साँघुरिदै गएकोले जनतालाई हात हातमा सरकारी सेवा पुर्‍याउन मन्त्रालय एवं सम्बद्ध निकाय एक परिवारको रुपमा अघि बढ्नका लागि आव्हान समेत गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद वस्यालबाट मन्त्रीलाई मन्त्रालयले कुशल र शितल नेतृत्व प्राप्त गरेकोले मन्त्रालयलाई तोकिएको जिम्मेवारी एवं आगामी आर्थिक वर्षका लागि प्रस्तावित दूरसञ्चार, आमसञ्चार, हुलाक, सूचना प्रविधि, चलचित्र क्षेत्र लगायतका गहन कार्यक्रमहरु सम्पादन गर्ने जिम्मेवारी प्राप्त गरेकोमा हार्दिक बधाई दिए ।

साथै उक्त कार्यक्रमहरु समयमै कार्यान्वयन गर्न मन्त्रालय सम्बद्ध निकायहरुको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै माननीय मन्त्रीको सफल कार्यकालको समेत कामना गरे ।

TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...