सुदूरपश्चिम प्रदेशमा सूचना प्रविधिको विकासका लागि छैन कुनै ठोस नीति तथा कार्यक्रम

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

सुदूरपश्चिम प्रदेशमा सूचना प्रविधिको विकासका लागि छैन कुनै ठोस नीति तथा कार्यक्रम

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशले आज प्रस्तुत गरेको प्रदेशको नीति तथा कार्यक्रममा सूचना प्रविधिको विकासका लागि कुनै ठोस नीति ल्याउन सकेको देखिँदैन् ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरेकोआर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रमले सूचना प्रविधिको क्षेत्रका लागि साना र छरिएका नीति तथा कार्यक्रमहरु ल्याएको छ ।

सुदूरपश्चिम प्रदेशले आफ्नो प्रदेशमा विज्ञान तथा प्रविधिलाई जोड दिँदै विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने भएको छ ।

नीति तथा कार्यक्रमले भौगोलिक सूचना प्रणाली विकासको लागि नीति तर्जुमा गर्ने तथा प्रदेशमा भूउपयोग नीति लागू गर्ने उल्लेख छ ।

त्यसैगरि प्रदेशमा सञ्चालित आयोजनाहरुको अनुगमन तथा मूल्यांकन गर्न विद्युतीय प्रणालीको विकास गरि कार्यान्वयनमा ल्याउने भएको छ । त्यसैगरि कम्प्युटरकृत सरकारी लेखा प्रणाली तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीलाई संघिय सरकारको समन्वयनमा सबल र व्यवस्थित बनाईने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवमा शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न सूचना प्रविधिको विकास कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

सरकारले यातायात व्यवस्था सेवा कार्यालयअन्तरगत सवारी चालक अनुमतिपत्र र नविकरण कार्यलाई विद्युतीय अभिलेख राख्ने भएको छ ।

त्यसैगरि राजमार्गमा सिसिटीभी राख्ने, साइबर सुरक्षा लगायतका कार्यहरु रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

ताजा समाचार