प्रदेश १ को नीति तथा कार्यक्रम: डिजिटल प्रदेशको विस्तृत कार्ययोजना तयार गरि लागू गरिने

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

प्रदेश १ को नीति तथा कार्यक्रम: डिजिटल प्रदेशको विस्तृत कार्ययोजना तयार गरि लागू गरिने

प्रदेश नम्बर १ ले डिजिटल प्रदेश बनाउनका लागि डिजिटल नेपालको अभियानसँग तदाम्यता राखेर नीति निर्माणहरु बनाउने भएको छ ।

प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज प्रदेश १ सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश १ डिजिटल प्रदेशको बिस्तृत कार्ययोजना तयार गरि लागू गरिने घोषणा गरेका छन् । त्यसैगरि डिजिटल प्रदेशको व्यवहारिक कार्यान्वयनलाई प्रभावकारी बनाई डिजिटल प्रदेश बनाउने भएको छ ।

डिजिटल प्रदेश मिशन तथा सुशासनलाई कार्यान्वयन गर्न मुख्यमन्त्री ड्याशबोर्ड, सवारी साधन दर्ता तथा यातायात सेवा व्यवस्थापन प्रणालीलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताए । नीति तथा कार्यक्रमअनुसार उक्त प्रणाली सञ्चलयनका आवश्यक तालिम तथा उपकरणहरुको व्यवस्था गरिने भएको छ।

यसका साथै राजस्व चुहावटलाई नियन्त्रण गर्न सूचना प्रविधिको प्रयोगमार्फत थप प्रभावकारी बनाईने घोषणा गरिएकाे छ ।

त्यसैगरि प्रदेशको नीति तर्जुमा तथा  निर्णय प्रकृया तथ्यांक तथा सूचना प्रणाली अभिलेखमा आधारित हुने भएको छ र यसको लागि आवश्यक कानून बनाईने भएको छ ।

आगामी आवको नीति तथा कार्यक्रमअनुसार प्रदेश १ ले स्थानीय तहमा तथ्यांक तथा सूचना स्थापना गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने भएको छ ।

यस बाहेक प्रदेश १ ले मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वायत्त बनाउने, प्रस्तावित मदन भण्डारी प्रौद्योगिक महाविद्यालय गठन कार्य गरिने, शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने, विद्यालयहरुमा सूचना प्रविधि मैत्री बनाईने लगायतका नीतिहरु लिएको छ ।

TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...