नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी नैनकला थापालाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल पुर्नगठन गरेर नैनकला थापालाई सूचना प्रविधि तथा सञ्चार मन्त्री बनाएका हुन् ।

प्रधानमन्त्री ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गरेकी हुन्।

नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी हुन् ।

हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै राखेका थिए । यसअघिको पुर्नगठनमा सञ्चार मन्त्री पार्वत गुरुङलाई उनले हटाएका थिए ।

प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद बनाएका छन्  ।

नवनियुक्त मन्त्रीहरुको शपथ आज अपरान्ह ४ बजे शीतल निवासमा हुने कार्यक्रम तय भएको छ ।

*हेडलाइन सम्पादन

TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...