क्लबहाउस एपमा राखिएको महिलाको तस्वीर कस्को हो र किन राखियो ? यस्तो छ कारण

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

क्लबहाउस एपमा राखिएको महिलाको तस्वीर कस्को हो र किन राखियो ? यस्तो छ कारण

काठमाडौं ।

पछिल्लो दिनमा नेपालीहरुमाझ क्लबहाउस निकै चर्चामा रहेको छ । अडियोमा आधारित एप एन्ड्रोयडमा आएसँगै विश्वभर चर्चामा रहँदै आएको छ । जसले गर्दा नेपाली प्रयोगकर्ताहरु समेत यसमा निकै बढिरहेका छन् ।

एप प्लेटफर्महरुमा क्लबहाउस एप खोज्दा सबैभन्दा पहिला एक महिलाको तस्वीर देख्नुहुनेछ र एप डाउनलोड गरेपछि पनि उनकै तस्वीरसहित एप डाउनलोड हुनेछ । यसको एपमा देखिने महिलाको तस्वीर किन र कस्को हो भन्ने धेरै मानिसहरुलाई चासो रहेको देखिन्छ ।

क्लबहाउसले हाल प्रयोग गरिएको तस्वीर प्रख्यात दृश्य कलाकार, टेक्नोलोजिष्ट र सामाजिक कार्यकर्ता ड्र्यू कटाओका (Drue Kataoka)को रहेको छ ।

अहिलेको हट ‘अडियो ओन्ली’ सोशल मिडियामा उनलाई क्लबहाउसका लागि नयाँ आइकनको रूपमा चयन गरिएको छ ।

अरु धेरै हप्ताको लागि, कटाओकाको अनुहार क्लबहाउस लोगोको रूपमा देखा पर्नेछ । जहाँ १ करोड ३० लाख भन्दा धेरै स्मार्टफोनहरूमा आइकनिक एपको प्रतिनिधित्व गर्दछ । उनी क्लब हाउसबाट यस भूमिकाका लागि छनौट गरिएका आठौं व्यक्ति हुन्, र पहिलो दृश्य कलाकार र एशियन अमेरिकी महिलाको प्रतिनिधित्वको भएको छ ।

२०२० मार्चमा शुरू भएदेखि क्लबहाउसका आरम्भिक सदस्यहरू मध्ये एक, कटाओकाले आफ्नो कला, प्रभावशाली व्यावसायिक नेटवर्क, र गहन कामको नैतिकता प्रयोग गरी स्टपहेटएशियन #StopAsianHate का लागि क्लबहाउसमा १ लाख अमेरिकी डलर उठाएकी थिईन् । त्यसैगरि उनी द किङ्गका सीईओ डा. बर्निस किंगसँग मिलेर क्लबहाउस कार्यक्रममा जातीय न्यायको समर्थन गर्न कार्यक्रममा सहभागी थिईन् ।

यसका साथमा कटाओकाले कम्पनीको नेतृत्व टोलीलाई नयाँ फिचरको विकास र सुरूवात गर्नका लागि विश्वस्त हुन सहयोग पुर्‍याएकी छिन् जसले प्रयोगकर्ताहरूलाई क्लबहाउस एप भित्रबाट नै गैर-नाफामुखी डोनेसन दिन मद्दत गर्दछ।

क्लबहाउसले उनी कलाकार भएको र सामाजिक अभियन्ता भएको कारण तथा एशियन मुलको भएकोले गर्दा विभिन्न दूर्व्यवहार र भेदभाव रोक्नका लागि उनको तस्वीर राखेको हो ।

यसअघि क्लबहाउसमा एक्सेल मान्सुर(Axel Mansoor)को तस्वीर प्रयोग गरिएको थियो । उनी अमेरिकाको लस एन्जेल्समा आधारित गायक तथा गीतकार हुन् । उनी सन् २०१८ मा एम्मी अवार्डमा मनोनित भएका थिए भने उनले आफैं पनि क्लबहाउसमा लुलाबी क्लब (Lullaby Club) भनेर अमेरिकी समय बेलुका ९ बजे क्लब सञ्चालन गर्दछन् ।

क्लबहाउसको स्थापना भने पाउल डेभिसन र रोहन सेठले गरेका हुन् । यसको बजार मूल्य १० करोड डलर भन्दा धेरै रहेकोछ । एजेन्सीहरुका साथमा

Global Bank
easy care

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार