र्यान्समवेयर आक्रमणमा अमेरिकी कम्पनी जेबीएसद्धारा १ अर्ब रुपैयाँ भन्दा धेरै फिरौती बुझाइयो

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

र्यान्समवेयर आक्रमणमा अमेरिकी कम्पनी जेबीएसद्धारा १ अर्ब रुपैयाँ भन्दा धेरै फिरौती बुझाइयो

विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनीले एउटा ठूलो साइबर हमला अन्त्य गर्न फिरौतीमा १ करोड १० लाख डलर अर्थात करिब १ अर्ब ३० करोड रुपैयाँ बराबर रकम तिरेको छ।

जेबीएसका कम्प्युटर नेटवर्कहरूमा गत हप्ता ह्याक गरियो, जसले गर्दा अस्थायी रूपमा अस्ट्रेलिया, क्यानडा र अमेरिकामा केही अपरेसनहरू बन्द भयो।

प्लान्टहरू अनलाइन फिर्ता आइसके पछि बिटक्वाइन प्रयोग गरेर फिरौती रकम भुक्तानी गरिएको थियो।

जेबीएस भन्छ, ‘ग्राहकहरुको रक्षा गर्न भुक्तान गर्न आवश्यक थियो।’

र्यान्समवेयर हमलामा, ह्याकरहरुले कम्प्यूटर नेटवर्कमा प्रवेश र अवरोध पैदा गर्ने गर्दछ र सो फिरौती भुक्तान नगरेसम्म अवरोध रहिरहने वा फाइलहरु डिलिट गरिदिने चेतावनी दिने गर्दछन् ।

‘यो कम्पनीको लागि र व्यक्तिगत रूपमा मेरो लागि पनि एकदम गाह्रो निर्णय थियो,’ जेबीएस अमेरिकाका सीईओ आन्द्रे नोगुइराले एक विज्ञप्तिमा भने।

कम्पनीकाअनुसार उसले उक्त रकम परिष्कृत हमलाको कारण भुक्तान गरिसकेको छ, यद्यपि यसको प्लान्टको विशाल खण्ड संचालनमा रहेको छ।

कम्पनीमा भएको आक्रमणले गर्दा कम्तिमा १ दिन प्लान्ट बन्द भएका थिए भने विश्व बजारमा प्रशोधित मासुको अभाव हुने आशंका पैदा भएको थियो ।

यसअघि सो आक्रमणमा रसियामा आधारित ह्याकर समूहको संलग्नता रहेको अमेरिकी सरकारले बताएको थियो ।

अमेरिकामै कोलोनियल पाईपलाइनमा पनि र्यान्समवेयर आक्रमण हुँदा सो कम्नपीले ५० लाख डलर फिरौती तिरेको थियो । एजेन्सी

TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...