क्रिप्टोकरेन्सीमार्फत सम्पत्ति शुद्धिकरण गरेको भन्दै चीनमा ११ सय भन्दा धेरै पक्राउ

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

क्रिप्टोकरेन्सीमार्फत सम्पत्ति शुद्धिकरण गरेको भन्दै चीनमा ११ सय भन्दा धेरै पक्राउ

चीनमा पुलिसले हालै टेलिफोन र इन्टरनेट स्क्याममार्फत अवैधरूपले पैसा कमाउन क्रिप्टोकरेन्सी प्रयोग गरेको आरोपमा १,१०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

चीनका अधिकारीहरूले क्रिप्टोकरेन्सी कारोबारमा उनीहरूमाथि कारबाही बढाएपछि ती गिरफ्तार भएका थिए। गत महिना, तीन उद्योग निकायले क्रिप्टो कारोबारमा वित्तीय र भुक्तान सेवा प्रदायकहरुलाई प्रतिबन्धित गरेका थिए । जसमा स्टेट काउन्सिल, चीनको मन्त्रिपरिषद्ले बिटक्वाइन माइन र ट्रेडिंग रोक्न प्रतिबद्ध भएका थिए ।

सार्वजनिक सुरक्षा मन्त्रालयले भनेअनुसार बुधवार दिउँसोसम्म पुलिसले मनी लण्ड्रीका लागि क्रिप्टो मुद्राको प्रयोगमा संलग्न १७० भन्दा बढी आपराधिक समूहहरुलाई कब्जामा लिएको छ ।

मनी लाउन्डरहरूले आफ्नो आपराधिक ग्राहकहरूलाई १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म कमिशन लिएर उनीहरूलाई क्रिप्टो एक्सचेन्ज मार्फत गैरकानुनी आम्दानीलाई भर्चुअल मुद्रामा रूपान्तरण गर्न सहयोग गरेको मन्त्रालयले वीच्याटमार्फत जानकारी दिएकोछ ।

चीनको भुक्तानी तथा क्लियरिङ्ग एसोसिएसनले भर्चुअल मुद्राको प्रयोगमा संलग्न अपराधको संख्या बढ्दो रहेको बताएको छ।

‘किनभने क्रिप्टो करेन्सीहरू बेनामी, सुविधाजनक र वैश्विक प्रकृतिमा रहेका छन्, तिनीहरू क्रस-बोर्डर मनी लन्ड्रिंगको लागि बढ्दो महत्वपूर्ण च्यानल भएको छ,’ संघले एक विज्ञप्तिमा भन्यो। रोयटर्स

TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...