इन्स्टाग्राममा भगवान शिवलाई आपत्तिजनक रुपमा देखाईएको भन्दै भारतमा उजुरी

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

इन्स्टाग्राममा भगवान शिवलाई आपत्तिजनक रुपमा देखाईएको भन्दै भारतमा उजुरी
Classic Tech

छिमेकी मुलुक भारतमा सामाजिक नेटवर्किङ्ग एप इन्स्टाग्राममा भगवान शिवलाई आपत्तिजनक तरिकामा देखाइएको आरोपमा एक आरोपपत्र दर्ता गरिएको छ। दिल्लीका बासिन्दा तथा नेता मनीष सिंहले हिन्दुहरूको धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा इन्स्टाग्रामको विरुद्ध प्रहरीमा एफआईआर दायर गरेका हुन्।

उनले लगाएको आरोपअनुसार इन्स्टाग्राम स्टोरीजमा समावेश गरिएका स्टिकरमा भगवान शिवले उनको हातमा रक्सी र मोबाइलका साथमा आँखा झिम्क्याईरहेको देखाईएको छ । उनले भनेका छन्, ‘इन्स्टाग्राम स्टोरीमा शिवको खोजी गर्दा भगवान शिवको यस्तो स्टिकर देख्न सकिन्छ। यो हिन्दुहरुको भावनाहरुको बिरूद्ध हो।’

उनले ट्विटरमार्फत सो बारेमा जानकारी दिएका हुन् । ट्वीटमा उनले लेखे, ‘इन्स्टाग्रामको साहस हेर्नुहोस्। यसले कसरी महादेवको तस्वीरमा एक हातमा रक्सी र अर्को हातमा मोबाइल देखाइरहेको छ। इन्स्टाग्रामले नतिजा भोग्नुपर्नेछ। यस विषयमा दिल्ली पुलिसलाई गुनासो गरिएको छ, र आवश्यक भएमा, इन्स्टाग्रामको कार्यालयमा पनि छापा मारिनेछ।’

जानकारीका अनुसार भगवान शिवको यो स्टीकर अहिलेसम्म सोशल मिडियामा प्रयोग भएको छैन। यद्यपि यो स्टीकर पनि इन्स्टाग्राम स्टोरीमा उपलब्ध स्टिकरहरूमा समावेश छ। धेरै प्रयोगकर्ताहरूले भगवान शिवको यस स्टिकरमा आपत्ति जनाएका छन्। उनीहरू भन्छन कि त्यस्ता स्टिकरहरूले धार्मिक भावनालाई चोट पुर्‍याउँछ । अब यस विषयमा एफआईआर पनि दर्ता गरिएको छ।

यसअघि भारतमा ट्विटर र फेसबुकमाथि पनि धार्मिक भावनामा खेलवाड गरेको आरोप लाग्दै आएको छ ।

TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...