इन्टरनेट स्पीडमा समस्या भोगिरहनुभएको छ, यी सल्लाहहरूले तपाईँको वाईफाई गति बढाउनेछ

Technology Khabar २७ जेष्ठ २०७८, बिहीबार

इन्टरनेट स्पीडमा समस्या भोगिरहनुभएको छ, यी सल्लाहहरूले तपाईँको वाईफाई गति बढाउनेछ

कोरोना संकटपछि, धेरै व्यक्तिहरु घरबाटै काम गर्दैछन्। यस्तो अवस्थामा, यदि थोरै समयको लागि पनि इन्टरनेट स्लो भयो भने ठूलो समस्या खडा हुन्छ।

आज हामी तपाईंलाई केहि सजिलो सल्लाहहरू बताउँदैछौं जसले तपाईँको वाईफाईको गति बढाउन सकिनेछ ।

उत्कृष्ट स्थानमा राख्ने

  • वाईफाईको लोकेसनले महत्व राख्दछ । यसले सीमित दूरीका लागि मात्र संकेतहरू पठाउँदछ।
  • वाईफाईको गति धेरै चीजहरूले बाधा पुर्‍याउँछ। उदाहरणको लागी घरको भित्ता वा फर्निचर।
  • माइक्रोफोन र ब्लुटुथ स्पिकर जस्ता अन्य उपकरणहरूबाट आएका रेडियो तरंगहरूबाट पनि सिग्नलहरू विचलित हुन्छन् ।
  • राउटर या त घरको बिचमा राख्नुपर्छ वा जहाँ तपाईँ इन्टरनेट प्रयोग गर्नुहुन्छ।

राउटरको एन्टेना एडजस्ट गर्नुहोस्

केही राउटरहरूको बडि भित्र एन्टेना हुन्छ, तर केहि राउटरमा एन्टेना एडजस्ट हुनसक्छ ।
वाईफाई सिग्नल बहु फ्लोरमा पठाउन, एन्टेनालाई तेर्सो सेट गर्नुहोस्। यसले वाईफाई सिग्नललाई माथि र तल जान मद्दत गर्दछ ।

डिभाइसहरू बन्द गर्नुहोस् र पुनःस्टार्ट गर्नुहोस्

  • राउटर मोडेम र बन्द गर्नुहोस्, त्यसपछि फेरी अन गर्नुहोस् । प्रत्येक उपकरणलाई निश्चित ब्रेक चाहिन्छ।
  • वाईफाईमा जोडिएका कुनै पनि डिभाइसहरू बन्द गर्नुहोस् र फेरि सुरु गर्नुहोस्।
  • मोडेमले तपाईंको होम नेटवर्क र सेवा प्रदायकहरु बीच प्राप्त इन्टरनेट सिग्नल अनुवाद गर्दछ।
  • जब इन्टरनेटको गति ढिलो हुन्छ त्यसबेला मोडेमलाई पुनःसेट गर्नु हो ।

तपाईंको वाईफाई नेटवर्क विस्तार गर्नुहोस्

  • वाईफाई पूर्ण रूपमा ठीक छ, यो घरको बिचमा राखिएको छ, तरपनि अझै नेटवर्क समस्या आउँदैछ।
  • यस समस्यालाई पार गर्नका लागि तपाईंले यसमा एउटा डिभाउस थप्नु पर्छ जसले नेटवर्क समस्या समाधान गर्न सक्दछ।
  • राउटर र डेड जोनको बीचमा वाईफाई बूस्टर राख्नुहोस्।
  • पावरलाइन एक्सटेन्डर किट पनि प्रयोग गर्न सकिन्छ।
TK Viber

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

Loading...