जब अटो चलाईरहेको बेलामा गोजीमा ओपो ए५३ स्मार्टफोन पड्कियो

Technology Khabar २६ जेष्ठ २०७८, बुधबार

जब अटो चलाईरहेको बेलामा गोजीमा ओपो ए५३ स्मार्टफोन पड्कियो

काठमाडौं ।

छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा एक प्रयोगकर्ताले बोकिरहेको चिनियाँ स्मार्टफोन ओपो ए५३ मा आगो लागेको छ, जसले गर्दा प्रयोगकर्ता घाईते भएका छन् । ती घाईते भएका मानिसको बारेमा जानकारी शेयर गरेका छन् ।

भारतीय मिडियाहरुले जानकारी दिएअनुसार अटो चालकले आफ्नो खल्तीमा फोनसहित गाडी चलाउँदै थिए, अचानक फोनमा धुवाँ आउन थाल्यो र फोनमा आगो लाग्यो। भिडियोमा दिएको अन्तर्वार्तामा उक्त व्यक्तिले अचानक आगलागी भएको कारण आफू डराएको बताएका छन् र यसको कारण उनको गाडी नियन्त्रणबाट बाहिर जाँदा पल्टिएको थियो। यस दुर्घटनाका कारण, उनको दुबै खुट्टामा चोट लागेको छ र खुट्टाको तल्लो भाग पनि भाँचिएको छ ।

टेक्निकल दोस्त नामको एक यूट्यूब च्यानलले जून ४ तारिखमा मा एक भिडियो पोस्ट गरेका छन, जसअनुसार दिल्लीका एक व्यक्तिको ओपो ए ५३ स्मार्टफोनमा आगो लाग्यो र उक्त व्यक्तिलाई गम्भीर चोटपटक लागेको थियो ।

भिडियोमा व्यक्तिले घटनालाई विस्तृतरूपमा वर्णन गरेका छन् । यस घटनामा घाईते भएका व्यक्तिको नाम जीतु भनिएको छ । जीतूले बताएअनुसार गाडी चलाउँदै गर्दा उनले कथित ओपो ए ५३ फोन आफ्नो पेन्टको खल्तीमा राखेका थिए । फोनमा अचानक धुवाँ आयो र हेर्दाहेर्दै आगो लागेको थियो ।

अचानक आगलागी हुँदा उनको दुवै खुट्टामा गम्भीर चोटपटक लागेको बताएका छन् । जीतूकाअनुसार उनको फोन करिब ९ महिना मात्र पुरानो हो र उनले फोनको साथ आएको चार्जर मात्र प्रयोग गरिरहेका थिए । उनले भनेअनुसार आगलागीको समयमा उनको फोनमा कुनै प्रेशर थिएन। फोनलाई हेर्दा, यसको ब्याट्रीमा आगो लागेको थियो ।

हालसम्म यस घटनाको बारेमा ओपोले कुनै आधिकारिक धारणा राखेको छैन् । यो आशा गरिएको छ कि कम्पनीले यस दुर्घटनाको चाँडो भन्दा चाँडो अनुसन्धान गर्नेछ।

ओपोले भारतमा ओपो ए५३ गत वर्ष अगस्टमा लन्च गरेको थियो र यो फोन ५,००० एमएएच ब्याट्रीको साथ आउँदछ, फोनमा १८ वाटको फास्ट चार्जिङ्गलाई समर्थन गर्दछ।

Global Bank
easy care

प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार

ताजा समाचार