एल साल्भाडोर कानुनी रूपमा बिटक्वाइन अपनाउने विश्वको पहिलो देश

  • Technology Khabar | २६ जेष्ठ २०७८, बुधबार
एल साल्भाडोर कानुनी रूपमा बिटक्वाइन अपनाउने विश्वको पहिलो देश

काठमाडौं ।

राष्ट्रपति सायब नाइब बुकेलेको क्रिप्टोकरेन्सीलाई स्वीकार्ने प्रस्तावलाई स्वीकृत गरेपछि एल साल्भाडोर कानुनी रूपमा बिटक्वाइन अपनाउने विश्वको पहिलो देश बन्न पुगेको छ।

एल साल्भाडोरको कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट हुने सम्भावित असरको चिन्ताको बाबजुद ८४ मध्ये ६२ मत सहित सांसदहरूले बिटक्वाइन अपनाउने कानून बनाउने कदमको पक्षमा मतदान गरेका थिए । ।

बुकेले विदेशमा बस्ने साल्वाडोरन्सलाई विदेशबाट रेमिट्यान्स पठाउन मद्दत गर्नका लागि बिटक्वाइनको प्रयोगलाई जोड दिएका छन, जबकि अमेरिकी डलर पनि कानुनी कारोबारको रूपमा जारी रहनेछ ।

‘यसले हाम्रो देशको लागि वित्तीय समावेशीकरण, लगानी, पर्यटन, नवीनता र आर्थिक विकास ल्याउनेछ,’ बुक्लेले ट्वीटमा कंग्रेसमा भोट हुनुभन्दा पहिले भने जुन उनको पार्टी र सहयोगीहरुद्वारा नियन्त्रित छ।

बिटक्वाइनको प्रयोग व्यक्तिको लागि वैकल्पिक हुनेछ र यसले प्रयोगकर्ताहरूलाई जोखिम नहुने बुकेले बताए।

नयाँ प्रस्ताव पारित भएसँगै सो देशले ९० दिनमा नयाँ कानूनअन्तरगत बिटक्वाइनको प्रयोग शुरु हुनेछ । कानूनअनुसार फर्महरुले वस्तु तथा सेवाको खरिद बिक्रीमा पनि बिटक्वाइनको प्रयोग गर्नसक्नेछन् ।

प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China recovers rocket stage on land for first time, after earlier recovery at sea

  • Technology Khabar
  • २६ जेष्ठ २०७८, बुधबार