एप्पलले ६ वर्ष पुरानो आईफोन ६एसलाई पनि आईओएस १५ मा अपग्रेड गर्ने

Technology Khabar २६ जेष्ठ २०७८, बुधबार

एप्पलले ६ वर्ष पुरानो आईफोन ६एसलाई पनि आईओएस १५ मा अपग्रेड गर्ने

आईफोन सिक्स एस यस वर्ष सेप्टेम्बरमा छ बर्षको हुनेछ अर्थात कम्पनीले यसलाई ६ वर्ष अगाडी लन्च गरेको थियो । तर अब यो अझै लामो समय जाने देखिएको छ ।

यदि तपाईं आईफोन ६ एस चलाईरहनुभएको छ भने एप्पलले तपाईंलाई खुशीको समाचार दिएको छ । तपाईंको फोन आईओएस १५ मा अपग्रेडको लागि योग्य हुनेछ जतिबेला यो अपरेटिङ्ग सिस्टम सार्वजनिक हुनेछ ।

आईफोन ६ एसका साथमा आईफोन ६ एस प्लस, र पहिलो पुस्ताको आईफोन एसई, जसमा आईओएस ९ को साथ बजारमा पठाइएको थियो, अब ओएस अपडेट प्राप्त गर्ने सबैभन्दा पुरानो उपकरणहरू मध्ये हुनेछन्

६ वर्ष कुनैपनि मोबाइल डिभाइसको लागी एक निकै लामो जीवनकाल हो, र निश्चित रूपमा आजसम्म सबैभन्दा लामो समर्थित फोनको दौड मा ६एसले महत्व राख्छ। यसअघि आईफोन ५ एस ५ बर्षसम्म रहेको थियो जब यसको अन्तिम आईओएस १२ को साथ अपडेट भयो तर आईओएस १३ को लागि योग्य थिएन। एन्ड्रोइड तर्फ, सामसङ्गले आफ्नो उपकरणको अवधि सुधार गर्न हालै केहि उपायहरु गरेको छ, जसमा केहीको लागि चार वर्ष सुरक्षा सपोर्ट प्रदान गर्ने बताएको थियो । तर ६ बर्षको ओएस अपडेट र सुरक्षा सपोर्टले ६ एस लाई बिभिन्न लिगमा राख्दछ ।

यसका साथमा ध्यानमा राख्नुपर्ने विषय भनेको आईफोन ६एसमा नयाँ अपडेट आएपनि यसको बायोनिक ९ चिपले धेरै नयाँ फिचरहरु भने सपोर्ट गर्दैन् । त्यसैगरि केहि फिचरहरु यसको क्षमता र स्क्रीन साइजका कारण प्रयोग गर्न कठिन हुनसक्नेछ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: २६ जेष्ठ २०७८, बुधबार

Loading...