मोबाइल एपमार्फत गरिएको स्टिङ्ग अपरेशनमा विश्वभर सयौं अपराधीहरु एकैपटक पक्राउ

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

मोबाइल एपमार्फत गरिएको स्टिङ्ग अपरेशनमा विश्वभर सयौं अपराधीहरु एकैपटक पक्राउ
Classic Tech

विश्वभरका कानून लागू गर्ने अधिकारीहरुले मोबाइल एपको मार्फत बिगत ३ वर्षदेखि चलाएको अपरेशनमा सयौं अपराधीहरुलाई पक्राउ गरेका छन् । अमेरिका र अष्ट्रेलियाले स‌युक्तरुपमा शुरु गरेका सो अपरेशनमा र अमेरिकी एफबिआईले तयार पारेको एप दिएर संसारभरिबाट विभिन्न अपराधमा संलग्न ८ सय बढीलाई पक्राउ गरेका हुन् ।

अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) ले विभिन्न देशका अपराधीलाई एएनओएम(ANOM) नामक एप गोप्यरुपमा बाँडिएको थियो । जसमार्फत अधिकारीहरुले अपराधीहरुको कुराकानी र गतिबिधि उनीहरुले  थाहा नपाउनेगरि अनुगमन गर्ने गरेका बीबीसीले उल्लेख गरेको छ ।

एपका मेसेजहरू गोप्य हुने विषेशताका कारण अपराधीहरूले चलाउने गरेका थिए। सादा पोशाकमा खटिएका अनुसन्धान अधिकृतहरूले नै उक्त एप आपराधिक गिरोहका माथिल्लो नाइकेहरूलाई दिएका थिए।

एप प्रयोगकर्ताले लागुऔषध कारोबार, मुद्रा लण्डरिङ्ग र हत्यालगायतका योजना त्यही एपमार्फत् एक अर्कासँग जानकारी आदानप्रदान गर्ने गर्दथे । उनीहरूले एप प्रयोग गर्न थालेपछि अधिकारीहरूले रियल टाइममा उनीहरूका योजनाहरु बारे थाहा पाउन थालेका थिए।

यसमा अस्ट्रेलियाका ड्रग्स तस्कर हाकान अयिकले सो एप फैलाउन प्रमुख भूमिका खेलेको थियो र जसलाई अन्जानमा एक जना अण्डरकभर अफिसरले ह्यान्डसेट दिए पछि उनका सहयोगीहरूलाई सो एप प्रयोग गर्न सिफारिस गरेका थिए।

तिनै मेसेजहरूको आधारमा अहिलेसम्म ८ सय बढीलाई पक्राउ गरिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्।  मोरिसनले यो अपरशेन विश्वभरिका संगठित अपराधीविरूद्ध ठूलो प्रहार गरेको बताएका छन्।

अहिलेसम्म अष्ट्रेलियाली अधिकारीहरूले २२४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डमा ४९ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट ३ टन भन्दा बढि लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको छ।

एनओएम एपले कसरी काम गर्‍यो ?

न्यूजील्याण्डका पुलिसले बताएअनुसार एफबीआईले अन्य दुई ईन्क्रिप्शन सेवाहरू भत्काएपछि उनले एएनओएम भनिने आफ्नै ईन्क्रिप्टेड उपकरण कम्पनी सञ्चालन गर्न थाल्यो।

एफबिआईं आफैंले मेसेजहरू गोप्य रहने एनओएम नामक एप बनाएको थियो। च्याट एपको साथ डिभाइसहरू भूमिगत अपराधीहरुलाई वितरण गरियो।

अस्ट्रेलियाका पुलिसले भने कि डिभाइसहरू सुरुमा कथित वरिष्ठ अपराधीक व्यक्तिकहरूले प्रयोग गरेर अन्य अपराधीहरूलाई प्लेटफर्म प्रयोग गर्न विश्वास दिलाउँथे।

 

TK Viber

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

Loading...