फेस टाइम कल वेबमार्फत् एन्ड्रोइड तथा विण्डोज यूजरले पनि प्रयोग गर्न पाउने

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

फेस टाइम कल वेबमार्फत् एन्ड्रोइड तथा विण्डोज यूजरले पनि प्रयोग गर्न पाउने

एन्ड्रोइड तथा विण्डोज यूजरहरुले पनि अब फेस टाइम कलको अनुभव गर्न पाउने भएका छन्।

सोमबार वार्षिक डेभलपर कन्फ्रेन्सको कीनोटमा एप्पलले फेस टाइम वेब भर्सनमा पनि आउने  एन्ड्रोइड तथा विण्डोजका यूजरले पनि यसको प्रयोग गर्न पाउने बताएको हो।

उक्त भिडियो कलिङ एप यसअघि आईओएस र म्याक डिभाइसहरुमा मात्र उपलब्ध थियो।

एप्पलले वेबमा राखेर अन्य अपरेटिङ सिस्टम प्रयोगकर्तालाई पनि प्रयोग गर्न दिन लागेको फेस टाइममा केही अपडेट गरेर अहिले अनलाइन मिटिङ तथा कन्फ्रेन्सका लागि प्रचलित जूम क्लाउड मिटिङ एपकै हिसाबले लैजाने योजना बनाएको बुझिएको छ।

फेस टाइममा अब जूममा मीटिङ लिंक दिइए झैं पहिले नै कलको तालिका बनाएर त्यसको लिंक सम्बन्धित व्यक्तिहरुमा शेयर गर्न मिल्ने तथा सोही लिंक क्लिक गरेर कलमा सहभागी हुन सकिने व्यवस्था पनि गरेको छ।

फेस टाइम आईओएस १५ मा पनि राखिएकाले वेब भर्सन आईओएस १५ को पब्लिक बिटा सार्वजनिक हुने बेला अक्टोबरको हाराहरी सार्वजनिक हुनसक्ने आकलन गरिएको छ।

TK Viber

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

Loading...