इन्टरनेट नेटवर्कमा अवरोध आउँदा विश्वभर ट्विटर, रेडिटलगायतका वेबसाइटहरु प्रभावित

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

इन्टरनेट नेटवर्कमा अवरोध आउँदा विश्वभर ट्विटर, रेडिटलगायतका वेबसाइटहरु प्रभावित
सांकेतिक तस्विर

काठमाडौं ।

अपडेटः इन्टरनेट नेटवर्कमा अवरोध आउँदा विश्वभर प्रभावित भएका ट्विटर, रेडिटलगायतका वेबसाइटहरु पुन सञ्चालनमा आएका छन् । क्लाउड कम्प्युटिङ्ग फर्म फास्टलीले समस्या पहिचान गरेर समाधान गरिएको जानकारी दिएको छ । कम्पनीकाअनुसार कन्टेन्ट वितरण नेटवर्क अर्थात सिडिएनमा देखिएको प्वाइन्टस अफ प्रिजेन्स अर्थात पप्समा अवरोध आएको र हाल त्यस अवरोधलाई हटाईएको छ । ‘हाम्रा विश्वव्यापी नेटवर्कहरु पुन अनलाइन फिर्ता आएका छन्,’ कम्पनीले भन्यो ।

विश्वभर एउटा विशाल इन्टरनेट आउटेजले हाल अमेजन, रेडडिट, ट्विटर, ट्वीचऽ क्वोरा जस्ता प्रमुख साइटहरू सहित न्यु योर्क टाइम्स र द गार्डियन जस्ता समाचार साइटहरूसमेत प्रभावित भएका छन् ।

समस्याको स्रोत फास्टलीको कन्टेन्ट वितरण नेटवर्क content delivery network (CDN) मार्फत भएको देखिएको इनग्याजेटले जनाएको छ,  फास्टलीले केही ५०३ इररहरू केही वेबसाइटहरुमा देखा परेको बताएकोछ तर यो सबै वेबसाइटमा भने भएको छैन् ।

यसको स्ट्याटस पेमा फास्टलीले भन्यो, ‘हामी हाल हाम्रो सिडिएन सेवाहरूसँग सम्बन्धित परफरमेन्समा सम्भावित प्रभावको छानबिन गरिरहेका छौं।’

अन्य प्रभावित साइटहरूमाले स्ट्याक ओभरफ्लो, न्ष्तज्गद, जीओभी डट यूके, हुलु, एचबिओ म्याक्स, क्वोरा, पेपाललगायत रहेका छन् । केहि पूर्णतया ५०३ इररको साथ देखिएका छन भने ट्विटर र अमेजन जस्ता केही साइटहरूमा तस्वीरहरु मात्र प्रभावित भएका छन् ।

फास्टलीले आफूलाई एज नेटवर्कको रूपमा वर्णन गर्दछ जून प्रयोगकर्ता र वेबसाइटहरू बीच बसेको हुन्छ ।

easy care

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार