एप्पलले आईओएस १५ सार्वजनिक भएपछि पनि आईओएस १४ लाई जारी राख्ने

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

एप्पलले आईओएस १५ सार्वजनिक भएपछि पनि आईओएस १४ लाई जारी राख्ने
Classic Tech

एप्पलले सोमबार एक इभेन्टमार्फत् आईओएस१५ लगायत आईप्याडओएस, म्याकओएस र वाचओएसका नयाँ भर्सनहरु पनि सार्वजनिक गरेको छ।

यो अपडेटमा एप्पलका सफ्टवयर सम्बन्धी थुप्रै नयाँ फिचर तथा सेवा सुविधा उपलब्ध छन्।

तर म्याकरुमर्सका अनुसार अहिले जारी आईओएस १४ मा आईओएस १५ विश्वव्यापीरुपमा उपलब्ध भइसकेपछि पनि नयाँ भर्सनमा अपडेट गर्ने वा महत्वपूर्ण सेक्युरिटी प्याच अपडेटसहित यसै भर्सनमा अडिग रहने भन्ने विकल्प दिनेछ।  

यद्यपि, कम्पनीले सबैभन्दा पछिल्लो भर्सन वा अपडेटमा सेक्युरिटी अपडेटको पूर्ण सेट रहने जनाएको छ। तर यसअघिको भर्सनमा पनि महतवपूर्ण सेक्युरिटी अपडेट उपलब्ध हुनेछ।

एप्पलले यसअघि नयाँ भर्सन आएपछि पछिल्लो भर्सनमा झर्न दिँदैनथ्यो। यसको उद्देश्य डिभाइसमा अत्याधुनिक फर्मवयर रहोस् भन्ने हो।

हाल आईओएस १५को पहिलो डेभलपर भर्सन परीक्षणका लागि उपलब्ध भइसकेको छ। यसको पब्लिक बिटा भर्सन जुलाइमा तथा पब्लिक रिलिज भने अक्टोबरपछि हुने अपेक्षा गरिएको छ।

TK Viber

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

Loading...