डेलले आफ्नो ल्यापटप अपग्रेड गर्न मिल्ने झुटो विज्ञापन दाबी गरेको भन्दै अमेरिकामा मुद्धा दायर

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

डेलले आफ्नो ल्यापटप अपग्रेड गर्न मिल्ने झुटो विज्ञापन दाबी गरेको भन्दै अमेरिकामा मुद्धा दायर

डेलको हार्डवेयर रिपोर्टले यसको एलियनवेयर एरिया ५१ एम आर १ ल्यापटपले “अभूतपूर्व अपग्रेडबिलिटी” प्रस्ताव गर्ने दाबी गरेकोमा डेललाई क्यालिफोर्नियामा मुद्दा हालिएको छ।

एलियनवेयरका ग्राहक रोबर्ट फेल्टरले कम्पनीलाई ‘झूटा र भ्रामक’ मार्केटिङ्ग अभियान चलाइरहेको आरोप लगाउँदै मुद्धा हालेका हुन् । सो मुद्धामा उनले ल्यापटपको कोर कम्पोनेन्ट्स, सीपीयू र जीपीयू लगायत थप शक्तिशाली मोडेलका लागि बदली गर्न सकिन्छ भनेर आश्वासन दिईएको दाबी गरेको द भर्जले जनाएको छ । एक बर्ष पछि, एरिया ५१ एम आर१ को उत्तराधिकारी घोषणा गरियो तर ओरिजिनल मोडलको लागि नयाँ मोडल अपग्रेडको रूपमा भने उपलब्ध छैन ।

‘उपभोक्ताहरू डेलको गलत र भ्रामक मार्केटिङ्ग अभियानबाट बहकिएका थिए र ५१ एम आर १ को गलत विश्वासको आधारमा महत्त्वपूर्ण प्रीमियम तिर्ने गरेका थिए किनकी पूर्ण नयाँ अपग्रेड गरिएको ल्यापटप किन्नुको सट्टामा यो ‘अभूतपूर्व अपग्रेडबिलिटी’ले उनीहरूको ल्यापटपको कोर कम्पोनेन्टहरू अपग्रेड गर्नको लागि लामो समयसम्म पैसा बचाउनेछ,’ मुद्धामा आरोप लगाईएकोछ ।

डेलले सो एलियनवेयर एरिया ५१ एम आर १ ल्यापटप सिईएस २०१९ मा घोषणा गरेको थियो ।

मुद्धाले आरोप लगाएअनुसार इंटेल र एनभीडीयाको अघोषित उत्पादनहरू ल्यापटपको साथ काम गर्दैनन् भन्ने बारेमा डेल जानकार रहेको हुनुपर्दछ। डेलले दुबै कम्पनीहरुसँग नजिकमा मिलेर काम गर्दछ, र यो सार्वजनिक हुनुभन्दा पहिले उनीहरूको उत्पादनहरुको स्पेकहरुको बारेमा थाहा पाउनुपर्दछ। “यद्यपि त्यस्ता डिजाइनहरूको कब्जामा भए पनि, र एरिया ५१ एम आर १ को डिजाइनले भविष्यमा एनभीडीया र इन्टेल चिपसेटहरू समाहित गर्न नसक्ने पूर्ण ज्ञान भए पनि डेलले जनतालाई भ्रममा पार्ने विश्वव्यापी अभियान चलायो र एलियनवेयर एरिया ५१ एम आर १ ल्यापटप ‘अपग्रेड गर्न योग्य छ, भनेर भनेको छ ।

कम्पनीले एलियनवेयर एरिया ५१ एम आर १ ल्यापटपमा आठौं र नवौं पुस्ताको इन्टेलको सिपियू तथा एनभिडियाको आरटिएक्स २०७० र २०८० प्रयोग गरेको थियो । तर नयाँ ल्यापटपमा भने १०औं पुस्ताको इन्टेलको सिपियू राखिएको थियो भने एनभिडियाको आरटिएक्स २०७० सूपर र २०८० सूपर प्रयोग गरेको थियो ।

फेल्टरले सो मुद्धामा हानी नोक्सानी क्षतिपूर्ति र वकिलको शुल्क बापतको रकम पाउनुपर्ने र अन्य ग्राहकहरुको हकमा पनि सोही लागू गरिनुपर्ने माग गरेका छन् ।

TK Viber

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

Loading...