रेड म्याजिक ६आर जुन २४ देखि विश्व बजारमा बिक्रीका लागि उपलब्ध हुने

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

रेड म्याजिक ६आर जुन २४ देखि विश्व बजारमा बिक्रीका लागि उपलब्ध हुने

गत महिना चीनमा सार्वजनिक भएको नुबियाको रेड म्याजिक ६आर आगामी जुन २४ देखि विश्व बजारमा बिक्रीका लागि उपलब्ध हुने भएको छ।

यस फ्ल्यागशिप स्मार्टफोनको मूल्य ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेजको ४९९ डलर तथा १२ जीबी र्याम तथा २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टको ५९९ डलर रहने कम्पनीले जनाएको छ।

रेड म्याजिक यूरोपमा अस्ट्रिया, बेल्जियम, बल्गेरिया, लिथुआनिया, क्रोएशिया, लक्जम्बर्ग, साइप्रस, चेक रिपब्लिक, नेदरल्याण्ड्स, फ्रान्स, जर्मनी, ग्रीस, स्पेन, स्विडेन, आयरल्याण्ड, इटली तथा बेलायत लगायतका देशमा उपलब्ध हुनेछ।

यस्तै उत्तर अमेरिकाको क्यानडा र अमेरिका, एसिया प्रशान्त क्षेत्रको अस्ट्रेलिया हङकङ, मकाओ र सिंगापुर मध्यपूर्वको इजरायल, कुवेत, साउदी अरेबिया र यूएई तथा ल्याटिन अमेरिकाको मेक्सिको, पेरु तथा चिलीमा पनि जुन २४ देखि खरिद गर्न सकिने बताइएको छ।

नुबियाको रेड म्याजिक ६आर मा क्वालकमको स्न्यापड्रागन ८८८ चिपसेट रहेको छ भने यसमा १४४ हर्ज रिफ्रेश रेट सहितको ६.६७ इन्चको एमोलेड डिस्प्ले दिइएको छ। यसबाहेक पछाडिपट्टि ६४ मेगापिक्सेलको मुखुया सहित क्वाड क्यामरा सेटअप लगाइएको छ।

पावरका लागि ३० वाटको फास्ट चार्जिङ सुविधासहितको ४२०० एमएएचको ब्याट्री उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड ११ तथा रेडम्याजिक ४.० मा आधारित रहेको छ।

TK Viber

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

Loading...