सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भनी रकम ठगी गर्ने पक्राउ

Technology Khabar २४ जेष्ठ २०७८, सोमबार

सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल वाट्सएप, इमोमार्फत चिठ्ठा परेको भनी पीडितहरुबाट रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

हालै २ लाख १० रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका १८ बस्ने निरज कुमार सिंह पक्राउ परेका हुन् ।

ह्वाट्सएप, इमोमार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, इसेवामा नगद जम्मा गर्न लगाई ठगी गर्नेमध्ये सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त र निवेदन लगायतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

easy care

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

ताजा समाचार