जेफ बेजोसले भाइको साथमा ब्लू ओरिजिनमार्फत अन्तरिक्षमा उडान गर्ने

Technology Khabar २४ जेष्ठ २०७८, सोमबार

जेफ बेजोसले भाइको साथमा ब्लू ओरिजिनमार्फत अन्तरिक्षमा उडान गर्ने
Classic Tech

अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले सुरु गरेको पहिलो मानव उडानमा आफ्नो भाइसँग अन्तरिक्षमा उडान गर्ने बताएका छन्।

एक इन्स्टाग्राम पोस्टमा बेजोसले भनेका छन्, ‘अन्तरिक्ष उडान त्यस्तो चीज हो जुन मेरो जीवनभर गर्न चाहेको थिएँ ।’

ब्लू ओरिजिनले अन्तरिक्षमा उडान भर्ने क्याप्सुलको लागि सिट लिलामी गरिरहेको छ, र सो मार्फत जो कोही उद्घघाटन मानव उडानमा सम्मिलित हुनसक्नेछ । जेफ बेजोस विश्वको धनी मानिसमध्ये एक हुन्।

फोर्ब्स पत्रिकाका अनुसार उसको कुल सम्पत्ति १८६ अर्ब डलर भन्दा धेरै छ।

उनले यहि जुलाई २० मा आफ्नो भाईसँग उडान भर्ने बताएका छन् ।

कम्पनीले भविश्यमा व्यवसायीकरुपमा अन्तरिक्ष पर्यटन गराउने योजना लिएकोछ । कम्पनीकाअनुसार यसले पृथ्वीको कक्षबाट १०० किलोमिटर माथिसम्म उडान गर्नेछ । एजेन्सी

TK Viber

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

Loading...