क्रिप्टोकरेन्सीमाथिको असहिष्णु व्यवहारका कारण ह्याकर समूहको निशानामा इलन मस्क: रिपोर्ट

Technology Khabar २४ जेष्ठ २०७८, सोमबार

क्रिप्टोकरेन्सीमाथिको असहिष्णु व्यवहारका कारण ह्याकर समूहको निशानामा इलन मस्क: रिपोर्ट

टेस्लाका सीईओ इलन मस्कले वातावरण विनाशको चित्ता व्यक्त गर्दै बिटक्वाइनको कारोबारबाट हात झिके पनि उनी आफैं क्रिप्टोकरेन्सीका बारेमा बेलाबखत विवादमा आउने गर्छन्।

एक अज्ञात व्यक्तिले इलन मस्कलाई व्यक्तिगत टीप्पणी लेख्दै उनमा सर्वेसर्वाको भूत सवार भएको र आफूले आफूलाई ‘मंगल ग्रहको सम्राट’ समेत मानेको बताए। यसो भन्दै गर्दा उनले क्रिप्टोकरेन्सीप्रतिको लगातार दुर्वचन र दुर्व्यवहार देखाउँदै काम गरेर खानुपर्ने तहका व्यक्तिहरु तथा उनीहरुका भावानामाथि ठेस पुर्याएको पनि आरोप लगाए।

उक्त ह्याकरले आफ्नो दुखेसो पोखिएको टीप्पणीको निष्कर्षमा इनल मस्क साधारण मानिसका साथी नभएको आरोप पनि लगाए।

केही समयअघि टेस्लाका कार किन्दा बिटक्वाइनमार्फत् भुक्तानी लिने निर्णय गरेका मस्कले हालै बिटक्वाइन माइनिङमा उर्जाको बढी खपत हुने र वातावरणलाई नकारात्मक असर पार्ने भन्दै यस्तो भुक्तानी नलिने घोषणा गरेका थिए।

बुधबार मस्कले एउटा ट्वीट लेख्दै वातावरणको चिन्ता लागेर नै आफूलै बिटक्वाइनसम्बन्धी निर्णय गरेको कुरालाई पुष्टि गर्न खोजे। टेस्लाले मार्च महिनादेखि मात्रै बिटक्वाइनमार्फत् भुक्तानी स्वीकार गर्न थालेकोमा ३ महिनाकै बीचमा उनी यो निर्णयबाट पछि हटेका हुन्।

४९ वर्षीय मस्कले टेस्लाले आफूसँग भएको यसै वर्षको शुरुवातमा किनेको डेढ अर्ब डलर बराबरको बिटक्वाइन नबेच्ने पनि बताएका थिए। कम्पनीले केही बिटक्वाइन यस वर्षको पहिलो त्रैमासमा बेचेको र यसबाट आएको नाफाले कम्पनीको पहिलो त्रैमासको वित्तीय प्रगति अझै चुलिएको थियो।

यसैबीचमा उनले अर्को क्रिप्टोकरेन्सी डजिक्वाइनका बारेमा वकालत गर्न थाले। यसमा टेस्ला आफैंले भने लगानी गरेको थिएन।

बिटक्वाइनलाई ‘सर्वसाधारणको क्रिप्टो’ भनिएकामा व्यङ्ग्य गर्न केही वर्षअघि शुरु गरिएको डजिक्वाइनको मूल्यमा घटबढ हुनमा सामान्यतया मस्ककै कुनै ट्वीट तथा अभिव्यक्ति बढी कारक मानिन्छन्।

उनले डजिक्वाइनका बारेमा गरेको सामाजिक सञ्जालको टीप्पणी र गतिविधिले एकाध बाहेक अन्य सबै अवस्थामा यसको मूल्य बढाउन सहयोग पुर्याउँदै आएको छ।

TK Viber

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

Loading...