रिलायन्स जियोको सस्तो एन्ड्रोइड स्मार्टफोन भारतीय बजारमा तिहार अगाडी लन्च हुने

Technology Khabar २४ जेष्ठ २०७८, सोमबार

रिलायन्स जियोको सस्तो एन्ड्रोइड स्मार्टफोन भारतीय बजारमा तिहार अगाडी लन्च हुने
Classic Tech

छिमेकी देश भारतमा रहेको रिलायन्स जियोको सस्तो एन्ड्रोइड स्मार्टफोन गत एक बर्षदेखि नै चर्चाको विषय हुँदै आएका छन् । हालैको रिपोर्टअनुसार रिलायन्स जियो र गुगलले संयुक्तरुपमा ल्याउने सस्तो एन्ड्रोइड फोन तिहार अघि भारतमा लन्च हुनेछ।

जियोले अहिलेसम्म टेलिकम कम्पनीको रूपमा बजारमा अन्य कम्पनीहरुलाई तिब्र प्रतिस्पर्धा दिईरहेको थियो अब भने कम्पनीले कम्पनीले फिचर फोनपछि ठूला स्मार्टफोन निर्माताहरूलाई चुनौती दिने उद्देश्यले सस्तो एन्ड्रोइड स्मार्टफोन ल्याउन तयारी गरिरहेको छ ।

सन् २०२० मा, जियोले एन्ड्रोइड अपरेटिङ्ग प्रणालीमा आधारित इन्ट्रीलेभलका स्मार्टफोनहरू ल्याउन गुगलसँग साझेदारीको घोषणा गरेको थियो । यसअघि नै यी स्मार्टफोनहरू डिसेम्बर २०२० सम्ममा लन्च हुने बताईएको थियो तर अहिलेसम्म आएका छैनन् । जसमा एउटा कारण कोरोना भाइरसको महामारी हुन सक्छ।

भारतीय मिडिया ईटेकको पछिल्लो रिपोर्टमा सो बारेमा सम्बन्धित व्यक्तिलाई उद्धृत गर्दै भनिएको छ, ‘रिलायन्स जियो र गुगलको साझेदारीमा तयार पारिएको सस्तो एन्ड्रोइड स्मार्टफोन यस बर्ष तिहार अघि नै लाच गरिने छ।’ रिपोर्टका अनुसार फोन अनुसन्धान र विकास चरणबाट अगाडी पुगेको छ र हाल विङ्गटेक मोबाईल, डिक्सन टेक्नोलोजी, यूटीएल नियोलिंक र फ्लेक्सट्रोनिक्स टेक्नोलोजीको उत्पादन इकाईको परीक्षण चरणमा छ।

यस फोनको मूल्य करिब ५० डलर अर्थात करिब ६ हजार रुपैयाँ हुनसक्ने बताईएको छ। यस बाहेक, फोन तिहार अगाडि भारतीय बजारमा सार्वजनिक गरिनेछ । तर फोनको प्रिबुकिङ्ग लन्चिङ्ग हुनुभन्दा अघि सुरू गरिनेछ । रिपोर्टले भनेअनुसार यो प्रिबुकिङ्ग भारतमा आउने महिनाहरूमा सुरु हुन सक्छ।

गुगलले यस फोनको लागि सफ्टवेयर अप्टिमाइज गर्ने अन्य रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

TK Viber

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

Loading...