चीनले क्रिप्टोकरेन्सी सम्बन्धित सामाजिक सञ्जालका एकाउन्टहरू ब्लक गर्दै

Technology Khabar २४ जेष्ठ २०७८, सोमबार

चीनले क्रिप्टोकरेन्सी सम्बन्धित सामाजिक सञ्जालका एकाउन्टहरू ब्लक गर्दै
Classic Tech

चीनको ट्विटर जस्तो वेबो प्लेटफर्ममा क्रिप्टो सम्बन्धित एकाउन्टहरू एक हप्तामा अवरुद्ध गरिएको छ, किनकि बेइजिङ्गले बिटक्वाइन ट्रेडिङ्ग र माइिनङ्गमा तिब्रगतिले ‘क्र्याकडाउन’ बढाएसँगै यस्तो गरिएको छ ।

विश्लेषकहरु र एक वित्तीय नियामकका अनुसार चीनमा अवैध क्रिप्टो गतिविधिलाई देशको फौजदारी कानूनसँग सीधा जोड्ने सहित थप कार्यहरू अपेक्षित गरिएको छ ।

गत महिना चीनको स्टेट काउन्सिल वा मन्त्रिपरिषद्ले बिटक्वाइन माइन र व्यापारलाई कडाइका साथ अगाडि बढाउने वाचा गरेका थिए, तीन उद्योग संस्थाहरूले क्रिप्टो सम्बन्धी वित्तीय र भुक्तान सेवा प्रतिबन्धित गरेको केही दिन पछि क्रिप्टोकरेन्सीहरूको बिरूद्ध अभियान बढाइरहेको थियो।

साताभर, क्रिप्टो सम्बन्धित वेबो खातामा व्यापक रूपमा फलो गरिएको धेरैको एक्सेस अस्वीकार गरियो र त्यसको प्रत्येकमा ‘कानून र नियमहरुको उलंघन गर्दछ’ भन्ने मेसेज लेखिएको छ ।

पछिल्लो दिनमा चीनको केन्द्रिय बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउने तयारी गरिरहेको समयमा चीनले अन्य क्रिप्टोहरुमाथि आक्रामकता अपनाएको हो । एजेन्सी

TK Viber

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

Loading...