वैकल्पिक विधिमार्फत असार १ गतेबाट कक्षा सञ्चालन, ल्यापटप दिने योजनामा मन्त्रालयको तयारी

Technology Khabar २४ जेष्ठ २०७८, सोमबार

वैकल्पिक विधिमार्फत असार १ गतेबाट कक्षा सञ्चालन, ल्यापटप दिने योजनामा मन्त्रालयको तयारी
Classic Tech

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

‘बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यबिधि योजना तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यन्वयन गर्ने विषयमा अघि बढ्नुस् । बजेटको विषयमा कुनै कसर बाँकी राख्नु हुँदैन कार्यान्वयनमा हुनेगरी काम अघि बढाउनुस्,’ मन्त्री श्रेष्ठले निर्देशन दिए ।

उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । उनले भने, असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौ, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस् ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए ।

सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागु गरिने जानकारी दिए ।

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराए ।

उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताए ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताए ।

TK Viber

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

Loading...