भारतमा फाइभजी परीक्षण रोक्न माग गर्दै मुद्धा हाल्ने अभिनेत्रीविरुद्ध अदालतद्धारा जरिवाना

Technology Khabar २३ जेष्ठ २०७८, आईतवार

भारतमा फाइभजी परीक्षण रोक्न माग गर्दै मुद्धा हाल्ने अभिनेत्रीविरुद्ध अदालतद्धारा जरिवाना

भारतमा ५जी टेक्नोलोजीको कार्यान्वयनको बिरूद्ध भारतीय अभिनेत्री जूही चावलाले दायर गरेको मुद्दालाई दिल्ली उच्च अदालतले खारेज गरिदिएको छ ।

हालै अदालतले आफ्नो आदेशमा यो मुद्दा प्रचारको लागि दर्ता गरिएको बताएको छ । यसका साथै अदालतले निर्णय गरेर अभिनेत्री चावलालाई भारु. २० लाख जरिवाना समेत गरेको छ ।

दिल्ली उच्च अदालतका न्यायाधीश जेआर मिधाको इजलासले फैसला सुनाउँदै ‘अभियोगी (जुही चावला र अन्य दुई याचिकाकर्ता) ले कानूनको प्रक्रियालाई दुरुपयोग गरेको र तिनीहरूलाई २० लाख जरिवाना गरिएको आदेश दिए ।

अदालतले आफ्नो आदेशमा भन्यो, ‘यस्तो देखिन्छ कि प्रचारका लागि यो मुद्दा दायर गरिएको थियो। वादी जुही चावलाले सोशल मिडियामा सुनुवाईको लिंक प्रसारित गरिन् जसले तीनपटक अवरोध सिर्जना गरेको थियो। दिल्ली पुलिसले ती अवरोधहरू सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी ती व्यक्तिहरु विरुद्ध कारबाही गर्ने छ।’

यसअघि बुधवार अदालतले उक्त आदेश सुरक्षित राखेको थियो।

बुधवार सुनवाईको क्रममा न्यायाधीशले यस मुद्दामा वादी चावलाको पक्षमा बोलेका वकिल दीपक खोसलालाई धेरै प्रश्न गरेका थिए। यसमा वादीले अदालतमा आउनु भन्दा पहिले कुनै प्रतिनिधित्व मार्फत सरकारसँग सम्पर्क गरेको थियो वा थिएन भनेर समेत सोधिएको थियो ।

यसघि चावलाले मानिसहरु र जनावरहरुलाई फाइभजी रेडियो फ्रिक्वेन्सीले १० देखि १०० प्रतिशत धेरै रेडिएसनले असर पार्ने भन्दै भारतमा ५जीको परीक्षण रोक्नुपर्ने दाबी गरेकी थिईन् । एजेन्सीहरु

TK Viber

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

Loading...