एमआई ११एक्स प्रो नेपाल आउँदै, के के छन् विशेषता?

Technology Khabar २३ जेष्ठ २०७८, आईतवार

एमआई ११एक्स प्रो नेपाल आउँदै, के के छन् विशेषता?

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले मे ५ मा चीनमा सार्वजनिक भएको आफ्नो फ्ल्यागशिप स्मार्टफोन एमआई ११एक्स प्रो नेपालमा पनि छिट्टै सार्वजनिक गर्ने भएको छ।

शाओमी नेपालले‍ हाल आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एउटा टिजर फोटो पोस्ट गर्दै यो फ्ल्यागशिप फोन नेपालमा छिट्टै आउन लागेको जानकारी दिएको हो।

टिजरमा एमआज्ई ११ एक्स प्रो को पातलो डिजाइनको फोटोमा ७.८ एमएम मोटाइसहित ‘एक्स्ट्रिमली एस्थेटिक डिजाइन’ को ट्यागलाईन लेखिएको छ।

त्यसको ठिक तल ‘लञ्चिङ अन जुन ८’ लेखिएको छ जसबाट कम्पनीले जुन ८ अर्थात् आगामी मंगलबार यसलाई आधिकारिक रुपमा नेपाली बजारमा उतार्ने आकलन गर्न सकिन्छ।

डिस्प्ले

यसमा १२० हर्ज रिफ्रेश रेट सहितको एचडीआर+ सपोर्ट गर्ने ६.६७ इन्चको सुपर एमोलेड डिस्प्ले रहनेछ। डिस्प्लेको सुरक्षाका लागि यसमा कर्निङ गोरिल्ला ग्लास५ राखिएको छ भने डिस्प्लेको रेजोल्युशन १०८०x२४०० पिक्सेल रहेको छ।

ओएस

एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने यो डिभाइसमा एमआईयूआई १२ उपलब्ध गराइएको छ।

चिपसेट

फ्ल्यागशिप फोन भएका कारण कम्पनीले यसमा क्वालकमको ५ एनएम प्रोसेसमा बनेको अत्याधुनिक स्न्यापड्रागन ८८८ फाइभजी चिपसेट प्रयोग गरेको छ। यो प्रोसेसर अक्टाकोर क्षमताको हो भने यसमा एड्रिनो ६६० जीपीयू दिइएको छ।

स्टोरेज

यो स्मार्टफोन ८ जीबी र्याम र १२८ जीबी आन्तरकि स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसको आन्तरिक स्टोरेज यूएफएस ३.१ प्रकारको हुनेछ।

क्यामरा

फोटोग्राफीका लागि यसमा पछाडिपट्टि १०८ मेगापिक्सेलको मुख्य,  ८ गापिक्सेल अल्ट्रावाइड तथा ५ मेगापिक्सेलको म्याक्रो गरी ट्रिपल क्यामरा सेट अप दिइएको छ।

यसैगरी सेल्फीका लागि एचडीआर सपोर्ट गर्ने २० मेगापिक्सेलको क्यामरा राखिएको छ।

कनेक्टिभिटी

कनेक्टिभिटीका लागि ब्लुटूथ ५.२, इन्फ्रारेड पोर्ट र यूएसबी टाइप सी २.० र यूएसबी अन द गो उपलब्ध रहेको छ। एनएफसी भने दिइएको छैन।

रंग

कम्पनीले यो स्मार्टफोन चीनमा सेलेसियल सिल्भर, लुनर ह्वाइट तथा कस्मिक ब्ल्याक गरी तीन ‌ओटा रंगमा उपलब्ध गराएकाले नेपालमा पनि यी सबै रंगमा आउने अपेक्षा गर्न सकिन्छ। यद्यपि यसका बारेमा शाओमी नेपालले कुनै आधिकारिक जानकारी दिएको छैन।

ब्याट्री

यो डिभाइसलाई पावर दिनका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्टसहितकव ४५२० एमएएच ब्याट्री राखिएको छ भने यसले ५२ मिनेटमा यो डिभाइसलाई फुल चार्ज गर्न सक्ने कम्पनीकव दावी छ। यसमा क्विक चार्ज ३+ तथा पावर डेलिभरी ३.० प्रविधि रहेको छ।

मूल्य तथा उपलब्धता

मूल्यका हिसाबले ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टको ५४८ डलर तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टको ५७६ डलर तोकिएको छ।

यी भेरियन्टलाई भारतमा क्रमश ३९९९९ तथा ४१९९९ भारु तोकिएकाले सामान्य हिसाब गर्दा लगभग ६४००० तथा ६८००० हाराहारीमा मूल्य हुनसक्ने अपेक्षा गर्न सकिन्छ। भन्सार तथा कर हिसाब गर्दा यसको मूल्यमा केही तलमाथि हुनसक्ने देखिन्छ।

उपलब्धताको कुरा गर्दा कम्पनीले टिजरमात्र राखेको र सार्वजनिक मिति मात्र उल्लेख गरेकाले तोकेकै दिन सार्वजनिक गरिए पनि कम्पनीमाको स्टक अनुसार तत्कालै वा केही समयपछिदेखि मात्र ग्राहकको हातमा पुग्न सक्छ। यसका लागि भने मंगलबारसम्म वा त्यति नभए त्यसअघिको कुनै आधिकारिक जानकारी कुर्नै पर्ने हुन्छ।

Sajilo Visa

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया