माइक्रोसफ्ट कर्पोरेशनले नुआन्सलाई किन्ने सम्झौतामा अमेरिकी सरकारको स्वीकृति

Technology Khabar २३ जेष्ठ २०७८, आईतवार

माइक्रोसफ्ट कर्पोरेशनले नुआन्सलाई किन्ने सम्झौतामा अमेरिकी सरकारको स्वीकृति
Classic Tech

अनुसार माइक्रोसफ्ट कर्पोरेशनले आर्टिफिसियल इन्टेलिजेन्स र स्पिच टेक्नोलोजी कम्पनी नुआन्स कम्युनिकेशन्स इंक किन्नको लागि गरेको सम्झौताका लागि अमेरिकाको एन्टीट्रस्ट अनुमति हासिल गरेको छ । हालै नुआन्सले सो बारेमा सरकारलाई दायर गरेको फाइलिंगमार्फत सो जानकारी आएको रोयटर्सले जनाएको छ ।

गएको अप्रिलमा १६ अर्ब डलरको सम्झौता घोषित गरिएको थियो । सन् २०१९ मा कम्पनीहरूले कागतपत्रहरु जस्ता स्वास्थ्य सेवाका प्रशासनिक कामलाई स्वचालित गर्न साझेदारी गरेपछि यो सम्झौता आएको थियो ।

नुआन्सले शुक्रबार यु एस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनमा दायर गरेको कागजातकाअनुसार अमेरिकी सरकारले सम्झौतामा आपत्ति जनाउने अन्तिम मिति जून १ तारिखमा समाप्त भएको थियो।

माइक्रोसफ्टका एक प्रवक्ताले एक विज्ञप्तिमा बताएअनुसार यस सम्झौताको अन्य क्षेत्रहरुमा नियामक समीक्षा भइरहेको थियो र सन् २०२१ को अन्त्यमा सबै काम सकिने अपेक्षा गरिएको छ ।

TK Viber

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

Loading...