गुगल, अमेजन जस्ता कम्पनीहरूलाई कर लगाईने, जी सेभेन देशहरूबिच ऐतिहासिक सहमति

Technology Khabar २३ जेष्ठ २०७८, आईतवार

गुगल, अमेजन जस्ता कम्पनीहरूलाई कर लगाईने, जी सेभेन देशहरूबिच ऐतिहासिक सहमति

बेलायतको लन्डनमा आयोजित ७ देशहरूका अर्थमन्त्रीहरूको बैठकमा  न्यूनतम १५ प्रतिशत कर्पोरेट करको सिद्धान्तमा सहमति भएको छ।

यो निर्णयले अमेजन, गुगल, फेसबुक जस्ता कम्पनीहरूलाई असर गर्नेछ।

यस निर्णयले ती सरकारहरूलाई लाखौं डलर प्रदान गर्दछ, जसले कोरोना महामारीको समयमा कर्जा तिर्ने प्रयास गरिरहेका छन्।

अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, इटली र जापान अर्थात जी७ राष्ट्रहरुबीच भएको सम्झौताले अन्य देशहरूलाई पनि यही मार्ग अनुसरण गर्न दबाब दिनेछ। विशेष गरी जी-२० समूहका ती देशहरूमा, जहाँ उनीहरुको भेट अर्को महिना हुँदैछ।

बेलायती अर्थमन्त्री ऋषि सुनकले यो सम्झौता बहुराष्ट्रिय कम्पनीहरुलाई व्यवसाय गर्न समान अवसर प्रदान गर्नका लागि गरिएको बताएका छन् ।

उनले भने, ‘कयौं बर्षपछि, जी ७ सदस्य देशका अर्थमन्त्रीहरु यो वैश्विक डिजिटल युगका लागि उपयुक्त वैश्विक कर प्रणालीमा परिवर्तन ल्याउन ऐतिहासिक सम्झौतामा पुगेका छन्।’

यी परिवर्तनहरू किन आवश्यक छ ?

विश्वभर सरकारहरूले लामो समयदेखि विभिन्न देशहरूमा सञ्चालन गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूबाट कर संकलन गर्ने चुनौती सामना गरिसकेका छन्। जसले गर्दा अमेजन र फेसबुक जस्ता विशाल टेक कम्पनीहरुमा देखिएको वृद्धिपछि, यो चुनौती अझ ठूलो भयो।

आजको मितिमा कम्पनीहरूले त्यस्ता देशहरूमा शाखाहरू स्थापना गर्न सक्छन् जहाँ उनीहरू तुलनात्मक हिसाबले कम कर्पोरेट कर तिर्नेछन् र तिनीहरूले त्यहीँ नाफा देखाउँछन्।

यस्तोमा, तिनीहरूले स्थानीय दर अनुसार मात्र कर तिर्नुपर्छ, यद्यपि उनीहरूको धेरैजसो नाफा कतै अन्य देशमा भएको बिक्रीबाट आउँदैछन्। यो कानूनी पनि हो र प्रायः कम्पनीहरूले यो पनि गर्छन्।

यस सम्झौताको कारण, कम्पनीहरूको यस कार्य शैली दुई किसिमले अंकुश लगाइनेछ।

पहिलो, जी७ विश्वव्यापी न्यूनतम कर दर लागू गर्न खोज्नेछ जसले गर्दा करका दरहरू न्यूनतम राखेर अगाडी बढ्न खोज्ने देशहरूबिच प्रतिस्पर्धा हटाउन सकियोस् ।

दोस्रो, यी नियमहरूको उद्देश्य भनेको कम्पनीहरूले उनीहरूको नाफा देखाउने देशहरूको सट्टा उनीहरूको उत्पादनहरू वा सेवाहरू बेच्ने देशहरूमा कर तिर्ने वातावरण बनाउनु हुनेछ । बीबीसीबाट

TK Viber

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

Loading...