डेटिङ्ग एप टिन्डरमा अब अर्को प्रयोगकर्तालाई ब्लक गर्ने सुबिधा

Technology Khabar २३ जेष्ठ २०७८, आईतवार

डेटिङ्ग एप टिन्डरमा अब अर्को प्रयोगकर्तालाई ब्लक गर्ने सुबिधा

काठमाडौं ।

विश्वव्यापी महामारीको बीचमा नयाँ मानिसहरूलाई भेट्ने जटिलताको बाबजुद, डेटिङ्ग एप्सले डाउनलोड र प्रयोग दुबैमा भर्खरको स्पाइक देखाएका छन् । अब, कोभिड-१९ खोपहरू अधिक व्यापक रूपमा उपलब्ध हुने भएपनि यो प्रवृत्ति जारी रहन सक्छ।

तर यसैबिचमा डेटिङ्ग एप टिन्डरले महामारीपछिको समयका लागि तयारी गरिरहेको र नयाँ फिचरहरु ल्याउँदैछ । टेकक्रन्चकाअनुसार अब, प्रयोगकर्ताहरूले केही व्यक्तिहरू छनौट गर्नका लागि आफ्नो फोन सम्पर्कहरू टिन्डरमा अपलोड गर्न सक्नेछन र जसलाई उनीहरूले एपमा देखाउन सक्छन् । यसरी फोन नम्बरहरु हेर्न सक्नेमा सम्बन्ध टुटेका, सहकर्मी वा परिवारका सदस्यहरु हुनेछन् ।

टिन्डरद्वारा गरिएको एक सर्वेक्षणअनुसार ४० प्रतिशत व्यक्तिहरूले एपमा एक पूर्व पार्टनरहरु भेट्टाएका थिए भने २४ प्रतिशतले परिवारकै सदस्यको सामना गरेका छन् र १० मध्ये एक जनाले आफ्नो प्रोफेसरको सामना गरेका छन्।

डेटिङ्ग बजारमा तपाईंको भूतपूर्व प्रेमी वा प्रेमीकालाई फेरी हेर्नु निकै अप्ठ्यारो हुनसक्छ । तर नयाँ सुविधा प्रयोगकर्तालाई सुरक्षा पक्षका लागि अधिक चाखलाग्दो छ । उदाहरणको लागी, यदि कसैले पहिले टिन्डर प्रयोगकर्ताहरुलाई दूर्व्यवहार वा गतल कार्य गरेको छ भने त्यस्ता प्रयोगकर्ताहरुलाई सिधै ब्लक गर्न सक्नेछन् ।

Global Bank
easy care

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार

ताजा समाचार