नेपाल युवा उद्यमी मञ्च बीरगंज च्याप्टरको स्टार्टअप छलफल, स्टार्टअपलाई व्यवहारिक बनाउन विज्ञहरुको सुझाब

Technology Khabar २२ जेष्ठ २०७८, शनिबार

नेपाल युवा उद्यमी मञ्च बीरगंज च्याप्टरको स्टार्टअप छलफल, स्टार्टअपलाई व्यवहारिक बनाउन विज्ञहरुको सुझाब

नेपाल युवा उद्यमी मञ्च बीरगंज च्याप्टरले स्टार्टअपको बारेमा आज सरोकारबालाहरुसँग छलफल गरेको छ । मन्चले स्टार्टअप एण्ड इन्नोभेसन विषयक कार्यक्रममा नेपालमा कसरी स्टार्टअपहरुमा काम गर्न सकिन्छ र कस्ता प्रकारका उद्यमहरु वा व्यवसायलाई स्टार्टअपको रुपमा अगाडि बढाउन सकिन्छ भन्ने बारेमा विज्ञहरु सहितलाई राखेर छलफल गराएको छ ।

कार्यक्रममा भारतका सनबर्डस्ट्रका विकासकर्ता प्रोफेसर साजी भर्गिज र उनको सँग उनले भारतमा नरिवलको स्ट्र कसरी विकास गरे र त्यसलाई कसरी व्यवसायीक बनाए भनेर अनुभव बाँडेका थिए । प्रोफेसर साजी भर्गिजले स्टार्टअपलाई व्यवहारिकरुपमा उतार्न सकिने किसिमको हुनुपर्ने र वित्तीयरुपमा पनि उपयोगी हुनुपर्ने अनुभव बाँडेका थिए । उनले स्टार्टअपबाट रकम कमाउने भन्नेमा ध्यान दिनुभन्दा पनि त्यसलाई कसरी सहिरुपमा विकास गर्ने र क्षमता बढाउने बारेमा ध्यानदिनुपर्ने बताएका थिए ।

त्यसैगरि नेपाल उद्योग बाणिज्य महासंघका स्टार्टअप कमिटीका संयोजक रंजित आचार्यले नेपालमा अझैपनि स्टार्टअपको परिभाषा र ब्याख्या सरकारले गर्न नसकेको भन्दै त्यसमा महासंघले काम गरिरहेको जानकारी दिए ।

‘१०० वटा मध्ये ९० वटा आईडियाहरु र स्टार्टअपहरु असफल हुन्छन र केबल १० प्रतिशत मात्र अगाडि आउँछ । उद्यमीले जहिल्यैपनि उपभोक्ताको आवश्यकतालाई ध्यान दिएर बजारमा देखिएको ‘ग्याप’लाई पूर्ति गर्ने प्रयास गर्नुपर्छ,’ आचार्यले भने ।

उनले असफल हुँदैमा डराउन नहुने भन्दै त्यसबाट नै सिक्ने प्रयास गर्न सुझाब दिएका थिए ।

कार्यक्रममा महासंघका प्रदेश नम्बर २ का सभापति गणेश लाठले स्थानीय तहमा खेर जाने सामाग्रीहरुको सदुपयोग गरेर वातावरण प्रदुषण कम गर्न र नयाँ उत्पादन बजारमा लान सकिने बताए ।

‘हाम्रो बारा पर्सामा पनि कयौं बायोग्रेडेबल सामाग्रीहरु खेर गईरहेका छन्। त्यसलाई समेत प्रयोग गरेर सामाग्री उत्पादन गर्न सकिन्छ,’ उनले कार्यक्रममा भने ।

सो कार्यक्रममा नेपालमा स्टार्टअप व्यवसाय गर्न कस्ता किसिमका सुबिधाहरु छन् । कसरी स्टार्टअप व्यवसायलाई सफल बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

TK Viber

प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार

Loading...